२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

ज्यान जोखिममा राखी कर्तव्य पालन गर्ने प्रहरी सहायक हवलदार अधिकारीलाई विशेष सम्मान

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनका हिंसात्मक गतिविधिबीच कार्यालय जोगाउन ज्यान जोखिममा राखी कर्तव्य पालन गर्ने प्रहरी सहायक हवलदार संगीता अधिकारीलाई दाङ जिल्ला अदालतले विशेष सम्मान गरेको छ ।

बिहीबार अदालत परिसरमा आयोजित समारोहमा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले अधिकारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

अदालतका अनुसार अधिकारीले “कर्तव्यनिष्ठा, अदम्य साहस र कार्यालय जोगाउने असाधारण योगदान”का लागि सम्मान पाएकी हुन् ।

भदौ २४ गते दिउँसो जेनजी आन्दोलन हिंसात्मक रूप लिँदै दाङमा समेत फैलिएको थियो । सरकारी कार्यालयहरू, निजी घर र संरचनाहरू आगोमा जलेका थिए । सुरक्षाकर्मीहरू पनि आफ्नै सुरक्षामा केन्द्रित भइरहेका थिए ।

तर, त्यही बेला दाङ जिल्ला अदालतमा कार्यरत सहायक हवलदार संगीता अधिकारी एक्लै अदालतको गेटमा सुरक्षार्थ खटिएकी थिइन् ।

अदालत नजिकैको जिल्ला समन्वय समिति कार्यालयमा आगजनी भइरहेको देखेपछि उनले भिड अदालतमा आइपुग्ने अनुमान गरिन्। कमान्डर र सहकर्मीहरू ब्यारेकतर्फ व्यस्त रहेका बेला उनले आफ्नो स्थान नछोडी अदालतको रक्षा गरिन् ।

खाली हात, कुनै बल प्रयोग बिना, सयौँ आन्दोलनकारीबीच उभिएकी अधिकारीले संवाद र साहसको माध्यमबाट अदालत जोगाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!