२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

युद्धका बेला किन बढ्छ कण्डमको बिक्री ? २६ प्रतिशतले वृद्धि भएको छ कण्डम,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आश्विन २४, २०८२

काठमाडौं । केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ ।

इरानमा इजरायलसँगको १२ दिने युद्धका क्रममा कण्डमको बिक्री २६ प्रतिशतले वृद्धि भएको छ।

सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उल्लेखनीय उछाल आएको थियो।

रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि रुसी खुद्रा पसलहरुमा कण्डमको बिक्री १७० प्रतिशतले बढेको तथ्यांक छ।

काठमाडौं । युद्धजस्ता संकटको बेलामा बजारमा अत्यावश्यकीय वस्तुहरुको माग तथा मूल्य बढ्ने कुरा हामीलाई थाहै छ । तर युद्धको बेलामा खानेकुरा तथा अन्य उपभोग्य वस्तुहरुको मात्र होइन कण्डमको बिक्री पनि ह्वात्तै बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ ।

इरानको एक अनलाइन बिक्रेताका अनुसार त्यहाँ इजरायली आक्रमणपछि कण्डमको बिक्री चुलिएको थियो ।

हुन त इरानमा मात्र नभई अन्य देशहरुमा पनि संकटको समयमा उपभोक्ताहरुबीच कण्डमको माग उच्च हुने विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

समाचार अनुसार इरानको सबैभन्दा ठूलो इकमर्श प्लाटफर्म डिजिकलाको तथ्यांक अनुसार जुन महिनामा इरानमा कण्डमको बिक्री उच्च मात्रामा भएको थियो ।

इजरायलसँगको १२ दिने युद्धका क्रममा इरानमा कण्डमको बिक्रीमा २६ प्रतिशतले वृद्धि भएको डिजिकलाको तथ्यांक छ ।

उपभोक्ताको बानी व्यवहार सम्बन्धी एक रिपोर्ट अनुसार युद्धका बेला स्वास्थ्य सम्बन्धी प्रडक्टहरुको मागमा वृद्धि हुने गरेको छ । त्यसमा सेनिटरी प्याड, किटनाशक, ब्लड ग्लूकोज परीक्षण गर्ने स्ट्रिप, ब्लड ग्लूकोज मनिटर, वयस्क मानिसले लगाउने डाइपर तथा सेनिटरी पेन्टीजस्ता सामानहरु प्र्दछन् ।

जून १३ मा इरानका सैन्य तथा परमाणु केन्द्रहरुमा भएको अचानकको इजरायली आक्रमणको ३ महिनापछि यो रिपोर्ट आएको हो ।

हवाई आक्रमणका क्रममा इरानी परमाणु वैज्ञानिकसँगै कैयौँ इरानी सैनिक तथा अधिकारीहरु मरिएका थिए । इरानले इजरायली आक्रमणको जवाफमा मिसाइल तथा ड्रोन आक्रमण गर्दा इजरायलमा पनि हताहती भएको थियो ।

स्मरण रहोस् युद्ध तथा संकटको बेलामा इरानमात्र नभएर अन्य देशमा पनि यस्तै प्रकारले कण्डमको बिक्री बढ्ने गरेको देखिएको छ ।

सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उछाल आएको थियो । त्यहाँ प्रतिदिन औषतमा १९६० वटा कण्डम बिक्री भएका थिए जबकि त्यसअघि प्रतिदिन १५०८ कण्डम बिक्दथे ।

त्यसैगरी रुसले सन् २०२२ को मार्चमा युक्रेनमाथि गरेको आक्रमणपछि रुसी खुद्रा बिक्रेता पसलहरुमा कण्डमको बिक्री उच्चदरले बढेको थियो । फार्मेसी चेन रिग्लामा २६ प्रतिशतको वृद्धि देखिएको थियो ।

त्यस्तै अनलाइन मार्केटप्लेस वाइल्डबेरिजमा चाहीँ त्यसबेला कण्डमको बिक्री १७० प्रतिशतले बढेको थियो ।

यस प्रकारको व्यवहार अमेरिकामा कोभिड १९ महामारीको सुरुवाती महिनाहरुमा देखिएको थियो । उपभोक्तामा बढेको अनिश्चितता तथा आपूर्ति श्रृंखलामा अवरोध हुने आशंकाले गर्दा बिक्री बढेको कण्डम निर्माता कम्पनी रेकिट बेनकिजरले जनाएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!