१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

युद्धका बेला किन बढ्छ कण्डमको बिक्री ? २६ प्रतिशतले वृद्धि भएको छ कण्डम,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आश्विन २४, २०८२

काठमाडौं । केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ ।

इरानमा इजरायलसँगको १२ दिने युद्धका क्रममा कण्डमको बिक्री २६ प्रतिशतले वृद्धि भएको छ।

सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उल्लेखनीय उछाल आएको थियो।

रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि रुसी खुद्रा पसलहरुमा कण्डमको बिक्री १७० प्रतिशतले बढेको तथ्यांक छ।

काठमाडौं । युद्धजस्ता संकटको बेलामा बजारमा अत्यावश्यकीय वस्तुहरुको माग तथा मूल्य बढ्ने कुरा हामीलाई थाहै छ । तर युद्धको बेलामा खानेकुरा तथा अन्य उपभोग्य वस्तुहरुको मात्र होइन कण्डमको बिक्री पनि ह्वात्तै बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

केही महिनाअघि इजरायलसँग भएको युद्धका क्रममा इरानमा कण्डमको माग तथा बिक्री आकाशिएको तथ्यले यसलाई पुष्टि गर्दछ ।

इरानको एक अनलाइन बिक्रेताका अनुसार त्यहाँ इजरायली आक्रमणपछि कण्डमको बिक्री चुलिएको थियो ।

हुन त इरानमा मात्र नभई अन्य देशहरुमा पनि संकटको समयमा उपभोक्ताहरुबीच कण्डमको माग उच्च हुने विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

समाचार अनुसार इरानको सबैभन्दा ठूलो इकमर्श प्लाटफर्म डिजिकलाको तथ्यांक अनुसार जुन महिनामा इरानमा कण्डमको बिक्री उच्च मात्रामा भएको थियो ।

इजरायलसँगको १२ दिने युद्धका क्रममा इरानमा कण्डमको बिक्रीमा २६ प्रतिशतले वृद्धि भएको डिजिकलाको तथ्यांक छ ।

उपभोक्ताको बानी व्यवहार सम्बन्धी एक रिपोर्ट अनुसार युद्धका बेला स्वास्थ्य सम्बन्धी प्रडक्टहरुको मागमा वृद्धि हुने गरेको छ । त्यसमा सेनिटरी प्याड, किटनाशक, ब्लड ग्लूकोज परीक्षण गर्ने स्ट्रिप, ब्लड ग्लूकोज मनिटर, वयस्क मानिसले लगाउने डाइपर तथा सेनिटरी पेन्टीजस्ता सामानहरु प्र्दछन् ।

जून १३ मा इरानका सैन्य तथा परमाणु केन्द्रहरुमा भएको अचानकको इजरायली आक्रमणको ३ महिनापछि यो रिपोर्ट आएको हो ।

हवाई आक्रमणका क्रममा इरानी परमाणु वैज्ञानिकसँगै कैयौँ इरानी सैनिक तथा अधिकारीहरु मरिएका थिए । इरानले इजरायली आक्रमणको जवाफमा मिसाइल तथा ड्रोन आक्रमण गर्दा इजरायलमा पनि हताहती भएको थियो ।

स्मरण रहोस् युद्ध तथा संकटको बेलामा इरानमात्र नभएर अन्य देशमा पनि यस्तै प्रकारले कण्डमको बिक्री बढ्ने गरेको देखिएको छ ।

सन् २००६ मा उत्तर कोरियाको परमाणु परीक्षणपछि दक्षिण कोरियाली बजारमा कण्डमको बिक्रीमा उछाल आएको थियो । त्यहाँ प्रतिदिन औषतमा १९६० वटा कण्डम बिक्री भएका थिए जबकि त्यसअघि प्रतिदिन १५०८ कण्डम बिक्दथे ।

त्यसैगरी रुसले सन् २०२२ को मार्चमा युक्रेनमाथि गरेको आक्रमणपछि रुसी खुद्रा बिक्रेता पसलहरुमा कण्डमको बिक्री उच्चदरले बढेको थियो । फार्मेसी चेन रिग्लामा २६ प्रतिशतको वृद्धि देखिएको थियो ।

त्यस्तै अनलाइन मार्केटप्लेस वाइल्डबेरिजमा चाहीँ त्यसबेला कण्डमको बिक्री १७० प्रतिशतले बढेको थियो ।

यस प्रकारको व्यवहार अमेरिकामा कोभिड १९ महामारीको सुरुवाती महिनाहरुमा देखिएको थियो । उपभोक्तामा बढेको अनिश्चितता तथा आपूर्ति श्रृंखलामा अवरोध हुने आशंकाले गर्दा बिक्री बढेको कण्डम निर्माता कम्पनी रेकिट बेनकिजरले जनाएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

error: Content is protected !!