काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीको बिदाइ गरिएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोकमा शुक्रबार आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगाल र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ३० वर्षे सेवा अवधि पूरा गरेका डीआईजी धौवजीलाई बिदाइ गरेका हुन् ।
डीआईजी धौवजी ३० वर्षको अविचलित सेवा अवधिपछि शुक्रबारदेखि अनिवार्य अवकाशमा गएका छन् ।
समारोहमा वक्ताहरूले धौवजीको नेतृत्व, अनुशासन र समर्पणको प्रशंसा गर्दै सशस्त्र प्रहरी बललाई मजबुत बनाउन उनले पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने बताएका छन् ।
सशस्त्र प्रहरी बलमा रहँदै धौवजीले देशभरका विभिन्न जिम्मेवार पदमा रहेर काम गर्नुका साथै सूचना व्यवस्थापन, सीमासुरक्षा र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।