१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

दाङको घोराहीमा खसीको अभाव बढेसँगै मासु पसलहरू अनिश्चितकालका लागि बन्द भए,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन २५, २०८२

दाङ । घोराही खसी मासु व्यवसायी समिति घोराहीका अध्यक्ष असलाम कुरेशीका अनुसार छिमेकी बजारहरूमा खसीको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ पुगेपछि किसानहरूले घोराहीमा भन्दा बाहिर बेच्दा राम्रो मूल्य पाउने भएकाले स्थानीय बजारमा खसीको आपूर्ति घटेको हो।

गत असोज २२ गते बसेको समितिको बैठकले शनिबारदेखि लागू हुने गरी मासुको मूल्यवृद्धिको निर्णय गरेको थियो। तर जिल्ला प्रशासन कार्यालय दाङले उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।

चाडपर्व नजिकिँदै गर्दा मासु पसलहरू बन्द हुँदा आम उपभोक्ताहरूलाई समस्या परेको छ। उपभोक्ताले आवश्यक वस्तु समयमै नपाउँदा असुविधा व्यहोर्नु परेको भन्दै तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

error: Content is protected !!