१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

बाँकेमा एसपी जिसी आएपछी अहिलेसम्मकै ठुलो सर्च दर्जनौं होटल र रेष्टुरेन्टबाट ४५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन २५, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यौन धन्दा चलिरहेको जनगुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी–कर्णाली होटल, रिभरसाइड र दंगाली होटलमा एकैपटक छापा मारिएको हो।

उक्त कारबाहीका क्रममा ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। पक्राउ परेकामध्ये पुरुषहरू मध्ये धेरैजना भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ। प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूबाट आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, यौन धन्दामा संलग्न हुने र त्यसलाई प्रोत्साहन गर्ने होटल तथा व्यक्तिमाथि कानुनी कारबाही गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पारलीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

error: Content is protected !!