२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दलित समुदायबाट पहिलोपटक डम्बरबहादुर बिकले रचे इतिहास,एआईजी पदमा बढुवा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन २५, २०८२

काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायका व्यक्ति विशिष्ट श्रेणी (एआईजी) मा पुगेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका डम्बरबहादुर विकले इतिहास रचेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विकसहित चार जनालाई एआईजीमा बढुवा गरेको थियो । शुक्रबार उनीहरूले दर्ज्यानी चिह्न ग्रहण गरी नयाँ जिम्मेवारी सम्हालेका छन् । बिकको प्रदेश समन्वय बिभागमा पदस्थापन भएको छ ।

विकले २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा सेवा यात्रा सुरु गरेका थिए । पाँच वर्षपछि, २०५८ सालमा उनी नेपाल प्रहरीमा स्थानान्तरण भए ।

लगनशीलता र इमानदार सेवामार्फत निरन्तर प्रगति गर्दै उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदै अहिले एआईजीसम्मको यात्रा पूरा गरेका हुन् ।

नेपाल प्रहरीको इतिहासमा डम्बरबहादुर विक दलित समुदायबाट डीआईजीमा दोस्रो र एआईजीमा पहिलो अधिकारी बनेका हुन् । यसअघि २०२२ सालमा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका पदमकुमार नेपाली दलित समुदायबाट डीआईजीसम्म पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!