काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूसँगको छलफलपछि कुनै निष्कर्ष निकाल्न नसकेको वार्ता सोमबार फेरि बस्ने गरी स्थगित भएको छ।
वार्तामा सहभागी जेन-जी समूहका प्रतिनिधि प्रवेश दाहालले नागरिकसँग कुरा गर्दै आजको छलफलमा घाइते र शहीद परिवारसहित मन्त्रीमण्डल कुन आधारमा सिफारिस गरियो भन्ने विषयमा छलफल भएको बताए ।
सरकारसँगको छलफलपछि मन्त्रीमण्डल गठन गर्न पछिल्लो समय चर्चामा आएका चार जना व्यक्तिको नाम पनि आधिकारिक नभएको जानकारी प्राप्त भएको उनले बताए ।