१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

सरकार र जेन-जी समूहका प्रतिनिधिबीच शनिबार भएको वार्ता निष्कर्ष विहीन भयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन २५, २०८२

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूसँगको छलफलपछि कुनै निष्कर्ष निकाल्न नसकेको वार्ता सोमबार फेरि बस्ने गरी स्थगित भएको छ।

वार्तामा सहभागी जेन-जी समूहका प्रतिनिधि प्रवेश दाहालले नागरिकसँग कुरा गर्दै आजको छलफलमा घाइते र शहीद परिवारसहित मन्त्रीमण्डल कुन आधारमा सिफारिस गरियो भन्ने विषयमा छलफल भएको बताए ।

सरकारसँगको छलफलपछि मन्त्रीमण्डल गठन गर्न पछिल्लो समय चर्चामा आएका चार जना व्यक्तिको नाम पनि आधिकारिक नभएको जानकारी प्राप्त भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

error: Content is protected !!