२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सुदन गुरुङले आफ्नो आन्दोलनलाई फ्री–तिब्बत र विदेशी शक्तिसँग जोडेर बदनाम गर्न खोजेको आरोप लगाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

काठमाडौं । हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले आफ्नो आन्दोलनलाई फ्री–तिब्बत र विदेशी शक्तिसँग जोडेर बदनाम गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार सामाजिक सञ्जालमा ‘टीओबी’ लेखिएको कालो टिसर्टको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत स्पष्टीकरण दिँदै आफू र आफ्नो अभियानमाथि नियोजित रूपमा ‘साइबर सेनाले भ्रम फैलाएको’ दाबी गरेका हुन् ।


गुरुङले भने-‘अब अति भयो। यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो समाजबाट कहिल्यै हटेन। अहिले हामीलाई बदनाम गर्न साइबर सेनाको नयाँ ट्रेन्ड आएको छ।’

भाइरल फोटोमा लेखिएको ‘टीओबी’ लाई टिबेटन ओरिजिन ब्रदरहुडका रूपमा व्याख्या गर्दै कतिपयले यसलाई फ्री–तिब्बत अभियानसँग सम्बन्धित भएको बताएका थिए । तर गुरुङले यो व्याख्या पूर्णतः गलत र नियोजित प्रचार भएको दाबी गर्दै यस्तो हल्ला फैलाउनेहरूलाई प्रमाणसहित चुनौती दिएका छन्।

‘हामीलाई विदेशी आइएनजीओबाट एक डलर मात्र लिएको देखाउनुहोस्, एक रुपैयाँ मात्र देखाउनुहोस्,’गुरुङले भने,“हामीले एक रुपैयाँको पनि हिसाब राखेका छौं। भोलि ढड्डै पल्टाएर देखाइदिन्छौं।’

गुरुङका अनुसार, ‘हामी नेपाल’ कुनै एनजीओ नभई गैरनाफामुखी संस्था हो । उनले लेखेका छन्-‘हामीलाई एनजीओ मन नपरेरै हामीले एनपीओ भनेर राखेका हौं। हामीले नगद होइन, जिन्सी सहयोगलाई प्राथमिकता दिएका छौं।’

गुरुङले आरोप लगाउनेहरूमाथि अब कानुनी कदम चाल्ने चेतावनी पनि दिएका छन्।

‘अबदेखि फेक न्युज फैलाउने र हाम्रो आन्दोलनमा घुसपैठ गर्नेहरू विरुद्ध प्रमाणसहित उजुरी हाल्छौं। यदि हामी दोषी हौं भने हामीलाई कारबाही होस्, होइन भने उनीहरूलाई हुनुपर्‍यो,’ उनले भने ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई उनले ‘टिकटकमा ट्रेन्ड आयो भन्दैमा पत्याउन नहुने’ आग्रह गर्दै सत्य र झुट छुट्याउन आग्रह गरे।

‘पढेलेखेका मान्छे हामी, के सत्य–झुट छुट्याउन सक्दैनौं ?’, गुरुङले प्रश्न गर्दै भने, ‘यो लडाइँ अन्तिम लडाइँ हो, हामी सबै मिलेर सत्यको पक्षमा उभिनुपर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!