दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले दाङका सम्भाबित जुवा अड्डामा प्रहरीको सकृयता बढाएको बताएका छ्न । उनले कोहि कसैले जुवा खेलाई रहेको सुचना आफुले पाए तत्कालै नियन्त्रणमा लिने बताए ।
केही सन्चारमाध्यममा सम्भाबित विभिन्न ब्यक्तिहरु र वडाहरुमा जुवा खेलाइ रहेको र प्रहरी मुकदर्शक बनेको समाचारहरु आएपछि एसपि श्रेष्ठले सामाजिक सन्जालमा आएका कुराहरु सुनेको र कसैले फेसबुकमा लेखेको भरमा भन्दा पनि जुवा खेलाएको सुचना आफुलाई आए कसैलाई नछोडेर कानुनि दायरामा ल्याउने बताए ।
दाङमा दसैं तिहारको बेला जुवा हुने गरेको गुनासाहरु आईरहेको र प्रहरीको एक्सनको अपेक्षा नागरिक तहबाट गरेका छ्न । उनले जुवाका सम्भाबित स्थानहरु पहिचान गर्ने काम भइरहेको र प्रहरीहरुको टाेलि छुट्टा छुट्टै खटाईएको पनि जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।