२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विद्यार्थी संघ नेविसंघले काठमाडौं मेयर बालेन शाह र सुदन गुरूङ विरुद्ध जाहेरी दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्।

आइतबार काठमाडौं परिसर पुगेर उनीहरू विरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साहर र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन्। उजुरी पछि केन्द्रीय सदस्य विष्टले भने,’हामीले जाहेरी दिएका छौं।  २४ घण्टाभित्र जाहेरी दर्ता गरेर  घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौं।’

भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार,सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो।

यी घटनामा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको ठहर गर्दै नेविसंघले मेयर शाह र गुरूङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएका हुन्।

यसअघि मेयर शाह र गुरूङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि उजुरी दिएको थियो। अनेरास्ववियुले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिलगायत आपराधिक गतिविधि गर्न उक्साएको भन्दै मेयर बालेन र गुरूङविरुद्ध उजुरी दिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]