२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

आईजीपी चन्द्र कुबेर खापुङद्वारा कोशी प्रदेशको विभिन्न प्रहरी कार्यालय भवनहरुको अवलोकन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

 

झापा । नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङले आइतबार बिहान इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन अवलोकन गरेका छन्।

अवलोकनका क्रममा महानिरीक्षक खापुङले यी कार्यालय भवन निर्माण वा स्तरोन्नतिमा स्थानीय समुदायले पुर्‍याएको अतुलनीय सहयोगप्रति धन्यवाद व्यक्त गरे।

आईजीपी खापुङले समाजको शान्ति सुरक्षा र अमनचैन कायम राख्न नेपाल प्रहरी सधैँ प्रतिबद्ध रहेको दोहोर्‍याए।

उनले सामुदायिक सहयोगले प्रहरीको मनोबल उच्च बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको उल्लेख गरे।

यस अवसरमा उनले स्थानीय समुदायका अगुवा तथा प्रहरी अधिकारीहरूसँग छलफल गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउने विषयमा आवश्यक निर्देशन समेत दिएका छन्।

असोज १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको निरीक्षण गर्न खापुङ्गसंगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ, गृहसचिव रामेश्वर दंगाल, सचिव केशव कुमार शर्मा, लगायतको टोली शनिबार इलाम गएको थियो ।

सोही अवसरमा खापुङ्गले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अवलोकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!