१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

आईजीपी चन्द्र कुबेर खापुङद्वारा कोशी प्रदेशको विभिन्न प्रहरी कार्यालय भवनहरुको अवलोकन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

 

झापा । नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङले आइतबार बिहान इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन अवलोकन गरेका छन्।

अवलोकनका क्रममा महानिरीक्षक खापुङले यी कार्यालय भवन निर्माण वा स्तरोन्नतिमा स्थानीय समुदायले पुर्‍याएको अतुलनीय सहयोगप्रति धन्यवाद व्यक्त गरे।

आईजीपी खापुङले समाजको शान्ति सुरक्षा र अमनचैन कायम राख्न नेपाल प्रहरी सधैँ प्रतिबद्ध रहेको दोहोर्‍याए।

उनले सामुदायिक सहयोगले प्रहरीको मनोबल उच्च बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको उल्लेख गरे।

यस अवसरमा उनले स्थानीय समुदायका अगुवा तथा प्रहरी अधिकारीहरूसँग छलफल गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउने विषयमा आवश्यक निर्देशन समेत दिएका छन्।

असोज १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको निरीक्षण गर्न खापुङ्गसंगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ, गृहसचिव रामेश्वर दंगाल, सचिव केशव कुमार शर्मा, लगायतको टोली शनिबार इलाम गएको थियो ।

सोही अवसरमा खापुङ्गले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अवलोकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!