२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

VIP तथा VVIP को सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मीहरु फिर्ता भए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

काठमाडौं । मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो । नेतालगायत भिआइपी सुरक्षा पाउने व्यक्तिहरूका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना छन् ।

पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेख छ ।

तर मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए ।

अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले मापदण्ड विपरीत राखेका सुरक्षाकर्मी समेत गरेर २७१ जनालाई फिर्ता गरिएको हो ।

फिर्ता भएकाहरूले अब संगठनले तोकेको नियमित ड्युटीमा खटिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!