१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

दाङ प्रहरीले तिहार तथा छठ पर्वमा सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण जिल्ला बासीमा अनुरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवाञ्छित गतिविधि भएको देखिएमा वा शंकास्पद गतिविधि भएमा प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ । प्रहरीले घर, कोठा छोडेर कहीं कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी गराउन, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न तथा बहुमुल्य गर÷गहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजान र जानै परेमा चनाखो रहन पनि अनुरोध गरेको छ । भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा त्यसउपर ख्याल पु¥याउन, यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसँग धेरै घुलमिल भई व्यक्तिगत गोपनीयता नखोल्न र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान पनि दाङ प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै सुन तथा डलर साट्ने नाममा झुक्याउन सक्ने भएकोले कुनै पनि कुराको लोभमा नपर्न र शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । आफ्ना व्यक्तिगत क्रियाकलाप सामाजिक सञ्जालबाट प्रवाह नगर्न साथै सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ । दिपावली र छठको शुभकामनासहित जारी गरेको अपिलमा घर टोल सुरक्षाका लागि सबै मिली सिसिटिभी, सेक्युरिटी स्क्यानलगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन, चाड पर्वको नाममा कानुनद्वारा प्रतिबन्धित जुवा, तास नखेल्न र खेल्न नदिन, पटाका, भुईंचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानवीय, भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकोले यसको प्रयोग नगर्न, नशालु वा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, विभिन्न चिठ्ठाहरुको नामबाट ठगी भइरहेकोले त्यस्ता व्यक्ति तथा संस्थाहरुबाट सजग रहन, कुनै पनि प्रकारको उच्छृंखल, अबाञ्छित तथा आपराधिक क्रियाकलाप नगर्न तथा अपराध नियन्त्रण तथा अपराधरहित समाजको निर्माणमा प्रहरीलाई सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शंकास्पद गतिविधि भएमा प्रहरी कन्ट्रोल रुमको १०० र ९८५७८९०१०१ तथा प्रहरी सञ्चार कक्षको ९८५७८९०१८७ र सूचना अधिकृत एवं प्रवक्ताको मोवाइल नम्बर ९८५७८४५१११ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!