२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दाङ प्रहरीले तिहार तथा छठ पर्वमा सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण जिल्ला बासीमा अनुरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवाञ्छित गतिविधि भएको देखिएमा वा शंकास्पद गतिविधि भएमा प्रहरीलाई जानकारी गराउन समेत प्रहरीले अपिल गरेको छ । प्रहरीले घर, कोठा छोडेर कहीं कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी गराउन, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न तथा बहुमुल्य गर÷गहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजान र जानै परेमा चनाखो रहन पनि अनुरोध गरेको छ । भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा त्यसउपर ख्याल पु¥याउन, यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसँग धेरै घुलमिल भई व्यक्तिगत गोपनीयता नखोल्न र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान पनि दाङ प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै सुन तथा डलर साट्ने नाममा झुक्याउन सक्ने भएकोले कुनै पनि कुराको लोभमा नपर्न र शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । आफ्ना व्यक्तिगत क्रियाकलाप सामाजिक सञ्जालबाट प्रवाह नगर्न साथै सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ । दिपावली र छठको शुभकामनासहित जारी गरेको अपिलमा घर टोल सुरक्षाका लागि सबै मिली सिसिटिभी, सेक्युरिटी स्क्यानलगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन, चाड पर्वको नाममा कानुनद्वारा प्रतिबन्धित जुवा, तास नखेल्न र खेल्न नदिन, पटाका, भुईंचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानवीय, भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकोले यसको प्रयोग नगर्न, नशालु वा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, विभिन्न चिठ्ठाहरुको नामबाट ठगी भइरहेकोले त्यस्ता व्यक्ति तथा संस्थाहरुबाट सजग रहन, कुनै पनि प्रकारको उच्छृंखल, अबाञ्छित तथा आपराधिक क्रियाकलाप नगर्न तथा अपराध नियन्त्रण तथा अपराधरहित समाजको निर्माणमा प्रहरीलाई सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शंकास्पद गतिविधि भएमा प्रहरी कन्ट्रोल रुमको १०० र ९८५७८९०१०१ तथा प्रहरी सञ्चार कक्षको ९८५७८९०१८७ र सूचना अधिकृत एवं प्रवक्ताको मोवाइल नम्बर ९८५७८४५१११ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!