२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

टीओबी समूहका तेन्जेन दावासहित पक्राउ अनुसन्धानका लागि ६ दिन म्याद थप

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २७, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा हतियारसहित प्रदर्शनमा उत्रिएका टीओबी (तिब्बतीयन आरिजिनल ब्लड) समूहका तेन्जेन दावासहित पक्राउ परेकाहरुमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जनाए ।

जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने समूहबारे प्रहरीले अनुसन्धान थालेको थियो ।

आन्दोलनका बेला बिजुलीबजार पुलमा ‘पेस्तोल’सहित देखिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले दावालगायतका व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा दावाले भिडियोमा देखिएको पेस्तोल सक्कली नभएको दाबी गरे पनि त्यसको पुष्टि भइसकेको छैन । उनी आफै उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेपछि सोधपुछका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

पेस्तोल र तिब्बतीयन ओरिजिनल ब्लडकै बारेमा थप केही अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले उनीहरूमाथि अभद्रको कसुरमा म्याद थप गरेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]