२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

ट्रोल बनाइएकी एमाले जेनजीले माफी माग्दै भनिन् मेरो कारणके पार्टी  र नेता बदनाम भएकोमा चिन्ता छु,

Logo
Abc Sanchar प्रकाशित सोमबार, आश्विन २७, २०८२

दाङ । जेन-जी आन्दोलनको एक महिनापछि महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेले प्रदर्शन गर्‍यो । तुलसीपुर चोकमा आयोजित कोण सभामा जेन-जी पुस्ताको नेतृत्व गर्दै ब्याचलर दोस्रो वर्षमा अध्ययनरत् रेजीना चौधरीलाई सम्बोधन गर्न दिइयो ।

भाषणका क्रममा केही शब्दमा भएको त्रुटिले उनलाई सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ । अहिलेसम्म कुनै फोरममा नबोलेकी उनलाई मासमा बोल्न लगाइएपछि केही हड्बडाइन ।

उनले ´जागरण सभा` भन्नुपर्नेमा ´सधारणसभा` भनिन् । त्यसैगरी ´घोर भत्सर्ना गर्दछु `भन्नुपर्नेमा ´घोर भ्रष्टाचार गर्दछु` भनिन् । जसले उनलाई समाजिक सञ्जालमा आलोचित बनायो । उनी अहिले एकप्रकारले विक्षिप्त बनेकी छन् ।

सम्पर्कमा आएकी उनले आफ्नो कारणले एमाले र उसका नेताको बदनाम भएको कि भन्ने चिन्ता लागेको सुनाइन् । आफूले बोल्न नजानेर गलत शब्द बोलेको नभई पहिलो पटक ठूलो जनमानसमा बोलेका कारण हस्तोत्साही भएर टङ स्लिप भएको रेजीनाको भनाइ छ ।

´म कार्यक्रममा कहिल्यै बोलेकी थिइनँ । नियतबस वा नजानेर होइन । पहिलो पटक भएकाले हस्तोत्साहित भएकी हुँ ।`

सामाजिक सञ्जालका आलोचनाले आफू विचलित नहुने बताइन् । आफू पनि जेनजी भएको उल्लेख गर्दै उनले जेसुकै नाममा हुने अराजकताको सधैँ विरोध गर्ने सुनाइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!