०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

ट्रोल बनाइएकी एमाले जेनजीले माफी माग्दै भनिन् मेरो कारणके पार्टी  र नेता बदनाम भएकोमा चिन्ता छु,

Logo
Abc Sanchar प्रकाशित सोमबार, आश्विन २७, २०८२

दाङ । जेन-जी आन्दोलनको एक महिनापछि महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेले प्रदर्शन गर्‍यो । तुलसीपुर चोकमा आयोजित कोण सभामा जेन-जी पुस्ताको नेतृत्व गर्दै ब्याचलर दोस्रो वर्षमा अध्ययनरत् रेजीना चौधरीलाई सम्बोधन गर्न दिइयो ।

भाषणका क्रममा केही शब्दमा भएको त्रुटिले उनलाई सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ । अहिलेसम्म कुनै फोरममा नबोलेकी उनलाई मासमा बोल्न लगाइएपछि केही हड्बडाइन ।

उनले ´जागरण सभा` भन्नुपर्नेमा ´सधारणसभा` भनिन् । त्यसैगरी ´घोर भत्सर्ना गर्दछु `भन्नुपर्नेमा ´घोर भ्रष्टाचार गर्दछु` भनिन् । जसले उनलाई समाजिक सञ्जालमा आलोचित बनायो । उनी अहिले एकप्रकारले विक्षिप्त बनेकी छन् ।

सम्पर्कमा आएकी उनले आफ्नो कारणले एमाले र उसका नेताको बदनाम भएको कि भन्ने चिन्ता लागेको सुनाइन् । आफूले बोल्न नजानेर गलत शब्द बोलेको नभई पहिलो पटक ठूलो जनमानसमा बोलेका कारण हस्तोत्साही भएर टङ स्लिप भएको रेजीनाको भनाइ छ ।

´म कार्यक्रममा कहिल्यै बोलेकी थिइनँ । नियतबस वा नजानेर होइन । पहिलो पटक भएकाले हस्तोत्साहित भएकी हुँ ।`

सामाजिक सञ्जालका आलोचनाले आफू विचलित नहुने बताइन् । आफू पनि जेनजी भएको उल्लेख गर्दै उनले जेसुकै नाममा हुने अराजकताको सधैँ विरोध गर्ने सुनाइन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!