०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

आईजीपी चन्द्र कुबेर खापुङले समाजमा हुने आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउन निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २८, २०८२

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमणका क्रममा देश, नागरिक र प्रहरी सङ्गठनविरुद्ध हुने आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध रहन निर्देशन दिएका हुन् ।

प्रहरी सङ्गठनले विगतदेखि नै विभिन्न आरोह–अवरोह र उतार–चढावहरू पार गर्दै सङ्गठनको गरिमालाई सदैव उच्च बनाउँदै आइरहेको चर्चा गर्दै महानिरीक्षक खापुङले देश, नागरिक र सङ्गठनको आवश्यकतालाई महसुस गरी गर्वका साथ प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सो अवसरमा प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याई आदेश निर्देशनको पालना गरी आपसी भाइचाराका साथ नकारात्मक सोच र विचारलाई त्यागी प्रहरी सङ्गठनको गरिमा र श्रीवृद्धिमा आफ्नो योगदान दिन पनि उनले निर्देशन दिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन अमूल्य निर्देशन तथा हौसला प्रदान गरेकामा सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आदेश निर्देशनको सम्पूर्ण प्रहरी कर्मचारीहरुले अक्षरश: पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेल, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, प्रदेश प्रहरी गण विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका प्रमुखहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!