२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

चितवनको माडीमा प्रहरीद्वारा सर्वसाधारणमाथि कुटपिट CCTV फुटेजमा भिडियो सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २८, २०८२

माडी (चितवन) माडी नगरपालिका ३ बैराठ निवासी कालुराम मार्दनियाले माडी प्रहरीमाथि आफूलाई कुटपिट गरेको आरोप लगाउनुभएको छ।

मार्दनियाका अनुसार असोज २२ गते राति करिब १० बजे प्रहरी टोलीले “तेरो भान्जाले केटी भगाएको छ, कता छ देखाऊ” भन्दै घरमै पुगेर जथाभावी गालीगलौज र कुटपिट गरेको हो। उहाँका भनाइमा, सो क्रममा घरका महिलामाथि पनि प्रहरीले हातपात र दुर्व्यवहार गरेको थियो।

उहाँले भन्नुभयो, “प्रहरीहरूले मापसेको आरोपमा मलाई बघौडा अस्पताल लगेर डाक्टरलाई जबर्जस्ती ‘मापसे गरेको’ रिपोर्ट बनाउन दबाब दिएका थिए।”

मार्दनियाले प्रहरी चौकीमा हटकडी लगाएर कुटपिट गरिएको भिडियो CCTV फुटेज) समेत सार्वजनिक भएको दाबी गर्नुभएको छ। कुटपिटबाट उहाँको टाउकोमा चोट लागेको र हाल उपचाररत रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!