१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले बैठकमा विशेष महाधिवेशन गरेरै अघि बढ्न सुझाव,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वयले बैठकको एजेन्डाबारे छलफल गरेका हुन्।

सभापतिसँगको भेटमा महामन्त्रीद्वयले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव राखेका थिए। तर, देउवाले सल्लाह गर्ने भन्दै कुनै ठोस जवाफ नदिएको एक नेताले बताए।

महामन्त्रीद्वय मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेरै भएपनि नेतृत्व परिवर्तन गर्ने पक्षमा छन्। उनीहरूले विशेष महाधिवेशन माग्नको लागि आवश्यक हस्ताक्षर पनि संकलन गरिसकेका छन्।

तर, देउवा निकट नेताहरूले मंसिरमा महाधिवेशन गर्ने सम्भावना नरहेको भन्दै टार्ने प्रयासमा छन्। सभापति र दुई महामन्त्रीसँगको भेटमा पनि महाधिवेशनबारे कुनै टुङ्गो लाग्न नसकेको बताइएको छ।

अहिले नेताहरू बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगिसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!