२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २८, २०८२

रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र प्रहरी चौकी मेउडीहवाको सहकार्यमा भएको यस कार्यक्रमको मुख्य उद्देश्य नागरिकका गुनासो सुन्ने र प्रहरी कार्यप्रतिको जवाफदेहिता प्रदर्शन गर्नु रहेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूह, बुद्धिजीवी, पत्रकार र समाजसेवी लगायतको उत्साहजनक सहभागिता थियो।

प्रहरी निरीक्षक भरत के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी उपरीक्षक क्षेत्रीले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, लागुऔषध नियन्त्रण, चोरी तस्करी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सम्पादन गरिएका कार्यहरूको विस्तृत जानकारी गराउनुभयो।

कार्यक्रममा सहभागीहरूले प्रहरी कार्यसम्पादन र शान्ति सुरक्षाका विषयमा विभिन्न प्रश्न तथा गुनासोहरू राखेका थिए, जसको प्रहरी उपरीक्षक क्षेत्रीले सम्बोधन गर्नुभयो। यो कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रहरी कार्यप्रतिको पारदर्शिता बढाउन मद्दत पुगेको विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]