२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतको कमाण्ड हेरफेर,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २९, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतको कमाण्ड जिम्मेवारी बदली गरेको छ। डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १६८ जनाको बदली गरिएको छ।

उनका अनुसार मुख्यालयले कमाण्डमा खटिने अधिकृतको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतलाई कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ। यसबाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व सङ्कलनमा उत्कृष्ट कार्य गरेका अधिकृतलाई कमाण्डमा प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ। वर्तमान अवस्थामा राजस्व सङ्कलनलाई विशेष जोड दिँदै सोही कार्यमा विगतको ट्र्याक रेकर्डअनुसार अधिकृतलाई जिम्मेवारी दिने नीति संगठनको रहेको छ। यस्तै, लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटमा खटाइएको छ।

अनिवार्य अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी खटाउने तथा आफ्नो वतन र कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा काम गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ। मुख्यालयले आफूलाई तोकिएको जिम्मेवारी पूरा नगर्ने तथा आचरणविपरीत कार्यमा संलग्न अधिकृतलाई कमाण्ड जिम्मेवारीबाट हटाउँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।