२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

हतियार देखाउने र सुरक्षाकर्मीको हतियार खोस्ने राजु परियार सातौं पटक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । जेनजी आन्दोलनका बेला सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने सम्राट भनिने राजु परियार पक्राउ परेका छन्। आन्दोलनका क्रममा उनले प्रहरीले चलाउने एसएलआर खोसेर देशको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारको मूल गेटमा पोजिसन लिएका थिए। कालो ट्राउजर, कालो टोपी र कालै माक्स लगाएर सिंहदरबारको गेटमा ताकिरहेका युवक हुन्, ललितपुरका ३६ वर्षीय राजु परियार। प्रहरीको सेल्फ-लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिएको उनको फोटो चर्चित बनेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वचालित राइफल बोकेर उशृंखल गतिविधि गरेको आरोपमा ललितपुरको सुनाकोठीबाट उनलाई पक्राउ गरेको हो। परियारको अपराध भने नयाँ हैन। उनीविरुद्ध विभिन्न मितिमा ८ वटा जाहेरी दर्ता भएको छ। यसअघि नै उनी विभिन्न मितिमा ६ पटक पक्राउ परिसकेका छन्। पक्राउ पर्नु, छुट्नु पुनः अपराधमा सक्रिय हुनु उनको पेसाजस्तै देखिन्छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवन भट्टराईका अनुसार उनले आन्दोलनको दिन प्रहरीको हतियार खोस्ने, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने, मुलुकी अपराध संहिताको दफा २८५ बमोजिमको आपराधिक उपद्रव गर्न नहुने कसुरमा पक्राउ गरिएको हो। उनीविरुद्ध अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ।

प्रहरीले उनलाई पक्राउ गरे पनि उनले लुटेको हतियार भने फेला परेको छैन। प्रहरीसँगको बयानका क्रममा उनले हतियार सेनालाई बुझाएको बताएका छन्। तर, पुष्टि भएको छैन। प्रहरीका अनुसार उनको आपराधिक पृष्ठभूमि पनि राम्रो छैन। उनीविरुद्ध पहिलोपटक २०७५ पुसमा बानेश्वर वृत्तमा ठगी मुद्दा दर्ता भएको थियो। यसपछि उनी कहिले हत्या प्रयास त कहिले ठगी अनि कहिले बैंकिङ कसूरविरुद्धका काम गरिरहे। उनको आपराधिक पृष्ठभूमि हेर्दा, दुईवटा ज्यान मार्ने उद्योग, तीनवटा ठगी, एक बैंकिङ कसूर र दुईवटा अभद्र व्यवहारसम्बन्धी मुद्दा उनीविरुद्ध दर्ता भएका छन्।

प्रहरीका अनुसार गंगामाया देउलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध हत्या प्रयास गरेको दाबीसहित जाहेरी दिएकी थिइन्। ललितपुरका रोमन महर्जनले पनि ललितपुरमा उनीविरुद्ध हत्या प्रयासमा जाहेरी दिएका थिए।

उनीविरुद्ध रवि तामाङले प्रहरी वृत्त नयाँबानेश्वरमा लिलाधर गिरीसहित २ जनाले ललितपुर परिसरमा र प्रहरी वृत्त स्वम्भुमा समेत उजुरी दिएका थिए। ऋतबहादुर गिरीले स्वयम्भू वृत्तमा ठगीसम्बन्धी जाहेरी दिएका थिए। त्यस्तै राजकुमार खड्गीले प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसूरको जाहेरी दिएका थिए। सुनिल महर्जन र रोशन भण्डारीले समेत फरक-फरक मितिमा ललितपुर परिसरमा जाहेरी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]