२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

हतियार देखाउने र सुरक्षाकर्मीको हतियार खोस्ने राजु परियार सातौं पटक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । जेनजी आन्दोलनका बेला सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने सम्राट भनिने राजु परियार पक्राउ परेका छन्। आन्दोलनका क्रममा उनले प्रहरीले चलाउने एसएलआर खोसेर देशको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारको मूल गेटमा पोजिसन लिएका थिए। कालो ट्राउजर, कालो टोपी र कालै माक्स लगाएर सिंहदरबारको गेटमा ताकिरहेका युवक हुन्, ललितपुरका ३६ वर्षीय राजु परियार। प्रहरीको सेल्फ-लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिएको उनको फोटो चर्चित बनेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वचालित राइफल बोकेर उशृंखल गतिविधि गरेको आरोपमा ललितपुरको सुनाकोठीबाट उनलाई पक्राउ गरेको हो। परियारको अपराध भने नयाँ हैन। उनीविरुद्ध विभिन्न मितिमा ८ वटा जाहेरी दर्ता भएको छ। यसअघि नै उनी विभिन्न मितिमा ६ पटक पक्राउ परिसकेका छन्। पक्राउ पर्नु, छुट्नु पुनः अपराधमा सक्रिय हुनु उनको पेसाजस्तै देखिन्छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवन भट्टराईका अनुसार उनले आन्दोलनको दिन प्रहरीको हतियार खोस्ने, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने, मुलुकी अपराध संहिताको दफा २८५ बमोजिमको आपराधिक उपद्रव गर्न नहुने कसुरमा पक्राउ गरिएको हो। उनीविरुद्ध अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ।

प्रहरीले उनलाई पक्राउ गरे पनि उनले लुटेको हतियार भने फेला परेको छैन। प्रहरीसँगको बयानका क्रममा उनले हतियार सेनालाई बुझाएको बताएका छन्। तर, पुष्टि भएको छैन। प्रहरीका अनुसार उनको आपराधिक पृष्ठभूमि पनि राम्रो छैन। उनीविरुद्ध पहिलोपटक २०७५ पुसमा बानेश्वर वृत्तमा ठगी मुद्दा दर्ता भएको थियो। यसपछि उनी कहिले हत्या प्रयास त कहिले ठगी अनि कहिले बैंकिङ कसूरविरुद्धका काम गरिरहे। उनको आपराधिक पृष्ठभूमि हेर्दा, दुईवटा ज्यान मार्ने उद्योग, तीनवटा ठगी, एक बैंकिङ कसूर र दुईवटा अभद्र व्यवहारसम्बन्धी मुद्दा उनीविरुद्ध दर्ता भएका छन्।

प्रहरीका अनुसार गंगामाया देउलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध हत्या प्रयास गरेको दाबीसहित जाहेरी दिएकी थिइन्। ललितपुरका रोमन महर्जनले पनि ललितपुरमा उनीविरुद्ध हत्या प्रयासमा जाहेरी दिएका थिए।

उनीविरुद्ध रवि तामाङले प्रहरी वृत्त नयाँबानेश्वरमा लिलाधर गिरीसहित २ जनाले ललितपुर परिसरमा र प्रहरी वृत्त स्वम्भुमा समेत उजुरी दिएका थिए। ऋतबहादुर गिरीले स्वयम्भू वृत्तमा ठगीसम्बन्धी जाहेरी दिएका थिए। त्यस्तै राजकुमार खड्गीले प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसूरको जाहेरी दिएका थिए। सुनिल महर्जन र रोशन भण्डारीले समेत फरक-फरक मितिमा ललितपुर परिसरमा जाहेरी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!