१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

नेपाल प्रहरीको अबको ३३ औं (आईजीपी) प्रमुख दाबेदार को,को छ्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त  महानिरीक्षक (एआईजी) दान बहाजदुर कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक कार्यरत छन्।

प्रहरी संगठनमा २८ वर्ष लामो सेवायात्रा पूरा गर्न नजिक पुगेका कार्कीले आफ्नो कार्यकुशलता, व्यावसायिकता र बौद्धिक नेतृत्वका माध्यमबाट संगठनभित्र विशेष पहिचान बनाउन सफल भएका छन्।

गुल्मीको गाउँबाट सुरु भएको यात्रा —

दान बहादुर कार्कीको बाल्यकाल गुल्मीको मालिका गाउँपालिका–७ मा बित्यो। सादगी, अनुशासन र जिम्मेवारी उनको जीवनका अभिन्न अंश हुन्। सानै उमेरदेखि परिवार र समाजप्रतिको कर्तव्यबोधले उनलाई अनुशासन र आत्मनिर्भरताको बाटोमा अग्रसर बनायो।

शैक्षिक रूपमा पनि उनी सदैव अग्रस्थानमा रहे। गुल्मीको खन्जडमा प्रारम्भिक शिक्षा लिएपछि उनी ललितपुरमा होस्टेलमा बसेर माध्यमिक तहसम्म अध्ययन गरे। त्यसपछि ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक अध्ययन पूरा गरे। उनको विद्यालय जीवन वक्तृत्व, खेलकुद र सांस्कृतिक गतिविधिमा अत्यन्त सक्रिय रह्यो, जसले उनको नेतृत्व र आत्मविश्वासको आधार निर्माण गर्‍यो।

सरकारी सेवाप्रतिको लगाव र प्रहरी यात्राको सुरुवात —

कार्की सानैदेखि “सरकारी सेवामार्फत देशको सेवा गर्ने” सोचले अघि बढेका थिए। प्रारम्भमा कूटनीतिक सेवाको तयारी गरिरहेका उनी, प्रहरीतर्फ दरखास्त खुलेपछि साथीहरूको सुझावमा आवेदन दिए — र लोकसेवा आयोगमार्फत २०५४ चैत १८ मा प्रहरी निरीक्षक (Inspector) पदमा नियुक्त भए।

त्यो समय देश द्वन्द्वग्रस्त थियो, जसले प्रहरी सेवाको जिम्मेवारी झनै संवेदनशील बनाएको थियो। सुरुवाती तलब ४ हजार रुपैयाँ मात्र भए पनि, देशप्रेम र सेवाभावले उनले कहिल्यै हार मानेनन्। आज उनी प्रहरी निरीक्षकदेखि एआईजीसम्मको प्रेरणादायी यात्रा पूरा गर्दै भविष्यका प्रहरी नेतृत्वका प्रमुख दाबेदार बनेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!