२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपाल प्रहरीको अबको ३३ औं (आईजीपी) प्रमुख दाबेदार को,को छ्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त  महानिरीक्षक (एआईजी) दान बहाजदुर कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक कार्यरत छन्।

प्रहरी संगठनमा २८ वर्ष लामो सेवायात्रा पूरा गर्न नजिक पुगेका कार्कीले आफ्नो कार्यकुशलता, व्यावसायिकता र बौद्धिक नेतृत्वका माध्यमबाट संगठनभित्र विशेष पहिचान बनाउन सफल भएका छन्।

गुल्मीको गाउँबाट सुरु भएको यात्रा —

दान बहादुर कार्कीको बाल्यकाल गुल्मीको मालिका गाउँपालिका–७ मा बित्यो। सादगी, अनुशासन र जिम्मेवारी उनको जीवनका अभिन्न अंश हुन्। सानै उमेरदेखि परिवार र समाजप्रतिको कर्तव्यबोधले उनलाई अनुशासन र आत्मनिर्भरताको बाटोमा अग्रसर बनायो।

शैक्षिक रूपमा पनि उनी सदैव अग्रस्थानमा रहे। गुल्मीको खन्जडमा प्रारम्भिक शिक्षा लिएपछि उनी ललितपुरमा होस्टेलमा बसेर माध्यमिक तहसम्म अध्ययन गरे। त्यसपछि ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक अध्ययन पूरा गरे। उनको विद्यालय जीवन वक्तृत्व, खेलकुद र सांस्कृतिक गतिविधिमा अत्यन्त सक्रिय रह्यो, जसले उनको नेतृत्व र आत्मविश्वासको आधार निर्माण गर्‍यो।

सरकारी सेवाप्रतिको लगाव र प्रहरी यात्राको सुरुवात —

कार्की सानैदेखि “सरकारी सेवामार्फत देशको सेवा गर्ने” सोचले अघि बढेका थिए। प्रारम्भमा कूटनीतिक सेवाको तयारी गरिरहेका उनी, प्रहरीतर्फ दरखास्त खुलेपछि साथीहरूको सुझावमा आवेदन दिए — र लोकसेवा आयोगमार्फत २०५४ चैत १८ मा प्रहरी निरीक्षक (Inspector) पदमा नियुक्त भए।

त्यो समय देश द्वन्द्वग्रस्त थियो, जसले प्रहरी सेवाको जिम्मेवारी झनै संवेदनशील बनाएको थियो। सुरुवाती तलब ४ हजार रुपैयाँ मात्र भए पनि, देशप्रेम र सेवाभावले उनले कहिल्यै हार मानेनन्। आज उनी प्रहरी निरीक्षकदेखि एआईजीसम्मको प्रेरणादायी यात्रा पूरा गर्दै भविष्यका प्रहरी नेतृत्वका प्रमुख दाबेदार बनेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!