२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

जेनजी आन्दोलन टिओबीले भड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धान प्रमाणहरु फेला गर्दै, प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको देखिएको छ ।

टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी भएका तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो । प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताए ।

टिओबी ज्याकेट लगाएकाहरू रेडिओ सेटसहित आन्दोलनमा सहभागी भएका थिए । सोही रेडियो सेटमार्फत उनीहरूले बाइकमा सहभागी युवालाई निर्देशन दिन्थे । आन्दोलनमा रेडियो सेटसहित सहभागी हुनु अनौठो विषय रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

प्रहरीले जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ । नागरिकस्तरबाट प्राप्त भएका भिडियो र फोटोलाई पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ ।यसक्रममा प्रहरीले नागरिकस्तरबाट ३६ हजारभन्दा धेरै फोटो र भिडियो संकलन गरेको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी हुनेहरूको मुभमेन्ट र गतिविधि अध्ययन गर्न प्रहरीले सोही भिडियो र फोटोलाई आधार बनाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!