काठमाडौं । बैकिङ कसूर र ठगीका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले बिहान आन्तरिक सर्कुलर गरेको थियो । शाहीविरुद्ध गत वैशाखमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए । 
उनीमाथि युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको,बाउन्स चेक भिडाएको आरोप छ । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा शीतल निवास समेत पुगेका शाही ठगीका घटनामा संलग्न रहँदै आएको तथ्य खुलासा भएसँगै प्रहरीले निगरानी बढाएको थियो ।
तर,पक्राउ पर्ने चाल पाएसँगै उनी दिनभर बेपत्ता रहेको र अस्तिसम्म सरकारी अड्डामा अध्यादेश ल्याएर पनि तिमीहरूलाई ठेगान लाइन्छ,घरैबाट थुतिन्छ भनी धम्क्याउँदै हिँडेका उनी आज कतै नदेखिएको स्थिति थियोे तर प्रहरीले साच्चै चाहेमा पानीमुनिबाट पनि पत्ता लगाउन सक्ने उक्ति आजको यो गिरफ्तारीबाट पुनर्पुष्टि भएको छ ।