०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

ललितपुरबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एकजना भारती पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

 

काठमाडौं । ललितपुर महानगरपालिका १६ धौगलबाट भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्ला घोरसहन घर भएका ३१ वर्षीय अभिषेक शेखलाई बिहीबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

शेखले विगत केही वर्षदेखि अवैध रूपमा भारतबाट चाँदीका गरगहना नेपाल ल्याई बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गण ललितपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको थापाले बताए ।

उनको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना, १२ लाख ९१ हजार ९० रुपैयाँ नेपाली नगद, १२ सय ७० भारतीय रुपैयाँ, साथै चाँदी तौलने मेसिन, इलेक्ट्रिक स्केल, आइप्याड र मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!