२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपाल प्रहरीका ६ जना एसपीहरुको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका धनुषा र रौतहट जिल्लाका प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी तोकेको हो ।

सरुवा सूचीअनुसार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी प्रमुखको रूपमा खटाइएका एसपी कुँवर र कार्की नेपाल प्रहरीमा काबिल अधिकृतको रुपमा परिचित छन् । यसअघि रौतहट प्रहरी प्रमुख रहेका एसपी नेत्रमणी गिरी र धनुषा प्रहरी प्रमुख नरहरी रेग्मीलाई फिर्ता बोलाइएको छ।

दुवै जिल्लाका एसपीको कार्यसम्पादन राम्रो नभएको रिपोर्टका आधारमा सरुवा गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यसम्पादन कमजोर भएकाहरुलाई हटाउन प्रहरी महानिरीक्षकलाई अधिकार दिएका थिए ।

त्यस्तै, गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लामा तस्करी बढेको आरोप लाग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]