२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दाङमा कार्यरत प्रहरी सहायक हवल्दार संगिता अधिकारी एक तह बढुवा सिफारिस,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ३१, २०८२

दाङ । भदौ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङमा सम्भावित आगजनी र तोडफोड हुनबाट जोगाउन उल्लेखनीय भूमिका खेलेको भन्दै प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई एक तह बढुवा गरिएको छ।

७०औँ प्रहरी दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालयले संगिता अधिकारीको विशेष योगदानको कदर गर्दै उनलाई सम्मानस्वरूप बढुवा गरेको हो। त्यस्तै, आन्दोलनका क्रममा घाइते प्रहरी तथा सर्वसाधारणको उद्धारमा सक्रिय भूमिका निर्वाह गरेका काठमाडौँ महाराजगञ्ज प्रहरी वृत्तका असई हेमबहादुर विकलाई पनि एक तह बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!