२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सुरक्षा निकायहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा दिन तयार,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक ०१, २०८२

काठमाडौं । शनिबार राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले यस्तो बताएका हुन् ।

राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखसहित गृह मन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो।

अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू प्रस्तुत गर्दै बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको बताएको प्रधानमन्त्रीकी प्रेस संयोजक राम रावलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।