२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीले अबैध पटाका पक्राउ गरि (नष्ट) नगरी आफ्नो घर पठाएको प्रमाण फेला,

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित आइतबार, कार्तिक ०२, २०८२

पर्सा । बिरगंज भारतबाट नेपाल भित्र्याइएका पटाका भन्सार कार्यालयमा बुझाउनुपर्ने ठाउँमा सशस्त्र प्रहरीले व्यक्तिगत प्रयोजनका लागि घर पठाएको आरोप लागेको छ। वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रामबाबु साहले पक्राउ परेका पटाका अन्य सशस्त्र प्रहरीमार्फत मोटरसाइकलमा घर पठाइरहेको भिडियो शुक्रबार बिहान सार्वजनिक भएपछि घटना बाहिर आएको हो।स्रोतका अनुसार भारतबाट नेपाल भित्र्याउने क्रममा नियन्त्रणमा लिइएका ती पटाका आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि असई साहले सो प्रक्रिया बेवास्ता गर्दै नियमविपरीत कार्य गरेको आरोप लगाइएको छ।

सार्वजनिक भिडियोमा असई साहका मातहतका सशस्त्र प्रहरीहरूले नियन्त्रणमा लिइएका पटाका भन्सारमा बुझाउनुभन्दा पहिले नै व्यक्तिगत प्रयोजनका लागि घरतर्फ पठाइरहेको देखाइएको दाबी गरिएको छ।यसबारे बुझ्दा वीरगञ्ज भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी गुल्म प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पूरुसोत्तम भण्डारीले भिडियोमा देखाइएका विवरणहरू असत्य रहेको बताएका छन्। उनले भने, “सशस्त्र प्रहरीको छविलाई बदनाम गर्न नियोजित रुपमा असत्य प्रचार गरिएको हो। सामाजिक सञ्जालमा प्रसारित भिडियोमा कुनै सत्यता छैन।”डीएसपी भण्डारीका अनुसार हाल सिमाक्षेत्रमा चेकजाँच कडा पारिएको छ र त्यसकै प्रतिक्रियास्वरूप केही समूहहरूले सशस्त्र प्रहरीलाई विवादमा तान्ने प्रयास गरेका छन्। उनले थपे, “मैले इन्चार्ज बनेपछि घरायसी प्रयोजनका लागि ल्याइएका वैध सामग्रीबाहेक अन्य अवैध सामान नियन्त्रणमा कडाइ गरिएको छ। यसले असन्तुष्ट समूहलाई असत्य प्रचार गर्न प्रेरित गरेको हो।”

तर, सिमाक्षेत्रका केही स्थानीयवासीहरूले भने चाडपर्वका बेला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका खाद्यान्न, लत्ता–कपडा र अन्य सामग्री पनि कहिलेकाहीं प्रहरी हाकिमहरूको घरसम्म पुग्ने गरेको आरोप लगाएका छन्।

यस घटनाले भन्सार क्षेत्रमा भइरहेको निगरानी र सशस्त्र प्रहरीको आचरणबारे प्रश्न उठाएको छ। यद्यपि, सशस्त्र प्रहरी पक्षले सम्पूर्ण आरोप असत्य रहेको बताउँदै सत्यता पुष्टि गर्न आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]