२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

कुकुरलाई पूजा गरी मिठाइ खुवाउने परम्परा अनुसार कुकुर तिहार मनाउदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । धार्मिक विश्वासअनुसार यमराजको ढोकामा द्वारपाल कुकुरले बाटो खोल्ने भएकाले कुकुर तिहार मनाउने चलन छ।

आजै लक्ष्मीपूजासमेत मनाइँदैछ, जसमा देवी लक्ष्मीको आराधना गरी ऐश्वर्यको कामना गरिन्छ।

कार्तिक- नेपालीहरुको महान पर्व शुभ दीपावलीको दोस्रो दिन आज कुकुर तिहार मनाइएको छ।

आज घरघरमा धर्मराजको वाहन कुकुरलाई पूजा गरी कुकुर तिहारको अवसरमा मीठा परिकार खुवाइने परम्परा पालना गरिएको छ।

धार्मिक विश्वासअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन यमराजको ढोकामा द्वारपालको रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुलाउने भएकाले कुकुर तिहार मनाउने चलन छ। साथै, वैवश्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक विश्वास रहेको छ।

आज कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पूजा गरिएको छ। नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)ले पनि आज कुकुरको पूजाआजा सम्पन्न गरेको छ। प्रहरीले अनुसन्धानमा कुकुरको भूमिका अत्यन्त महत्वपूर्ण मान्दै विभिन्न जटिल अनुसन्धानमा कुकुरलाई समावेश गर्ने गरेको छ।

महाशाखाले कुकुरको सम्मानमा विभिन्न खेल र खानपानको व्यवस्था गरी पूजा सम्पन्न गरेको छ। कुकुरहरूले हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध, खोजी तथा उद्धार, ट्रयाकिङलगायत अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाल प्रहरीसँग अनुसन्धानमा सहयोग गर्ने आठ प्रजातिका कुकुरहरू रहेका छन्।

त्यस्तै, आजकै दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धापूर्वक लक्ष्मीपूजासमेत मनाइँदैछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!