०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

कुकुरलाई पूजा गरी मिठाइ खुवाउने परम्परा अनुसार कुकुर तिहार मनाउदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । धार्मिक विश्वासअनुसार यमराजको ढोकामा द्वारपाल कुकुरले बाटो खोल्ने भएकाले कुकुर तिहार मनाउने चलन छ।

आजै लक्ष्मीपूजासमेत मनाइँदैछ, जसमा देवी लक्ष्मीको आराधना गरी ऐश्वर्यको कामना गरिन्छ।

कार्तिक- नेपालीहरुको महान पर्व शुभ दीपावलीको दोस्रो दिन आज कुकुर तिहार मनाइएको छ।

आज घरघरमा धर्मराजको वाहन कुकुरलाई पूजा गरी कुकुर तिहारको अवसरमा मीठा परिकार खुवाइने परम्परा पालना गरिएको छ।

धार्मिक विश्वासअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन यमराजको ढोकामा द्वारपालको रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुलाउने भएकाले कुकुर तिहार मनाउने चलन छ। साथै, वैवश्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक विश्वास रहेको छ।

आज कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पूजा गरिएको छ। नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)ले पनि आज कुकुरको पूजाआजा सम्पन्न गरेको छ। प्रहरीले अनुसन्धानमा कुकुरको भूमिका अत्यन्त महत्वपूर्ण मान्दै विभिन्न जटिल अनुसन्धानमा कुकुरलाई समावेश गर्ने गरेको छ।

महाशाखाले कुकुरको सम्मानमा विभिन्न खेल र खानपानको व्यवस्था गरी पूजा सम्पन्न गरेको छ। कुकुरहरूले हातहतियार, विष्फोटक पदार्थ, लागुऔषध, खोजी तथा उद्धार, ट्रयाकिङलगायत अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाल प्रहरीसँग अनुसन्धानमा सहयोग गर्ने आठ प्रजातिका कुकुरहरू रहेका छन्।

त्यस्तै, आजकै दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धापूर्वक लक्ष्मीपूजासमेत मनाइँदैछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!