२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

मोडल आँचलको मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनमा ५ जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक ०३, २०८२

काठमाडौं । मोडल तथा टिकटकर आँचल नाथ भनिने कल्पनाकुमारी नाथ मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।मुद्दा दर्ता गरिएका प्रतिवादीहरुमा दैलेखको भगवती नगरपालिका-१ घर भएका २६ वर्षीय सन्जु विक, रुकुम चौरजहारी गाउँपालिका-६ घर भएकी अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षीया सरु भनिने सरस्वती भण्डारी, कैलालीको गौरीगंगा गाउँपालिका-१ कि २२ वर्षीय राजेश बुढा र सोही ठाउँकी २२ वर्षीया लक्ष्मी बुढा छन् ।

उनीहरूमध्ये सञ्जु मात्रै पक्राउ परेका छन् । बाँकी चार जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्म कैदको मागदाबी गरिएको छ ।२१ वर्षीया नाथ पछिल्लो दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा लिएर बस्दै आएकी थिइन् । अहिले प्रतिवादी बनाइएका व्यक्तिहरुसँग उनको टिकटकमार्फत नै चिनजान भएको थियो ।
टिकटक लाइभमै विवाद भएको त्यसपछि ज्यान मार्नेसम्मको धम्की आएको दाबी गरिएको छ । विवाद भएपछि ९ असोजसमा सञ्जु विकलाई बोलाएर छलफल गर्दा उल्टै ज्यान मार्नेसम्मको धम्की आएको दाबी नाथका काकाले गरेका थिए । सोहीअनुसार उनले प्रहरीमा जाहेरी पनि दिएका थिए ।

धम्की आएको भनिएकै दिन नाथ जलेको अवस्थामा कोठामा भेटिएकी थिइन् । उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । दुई दिनपछि ११ गते उनको मृत्यु भएको थियो ।अनुसन्धानका क्रममा नाथ आफैंले पेट्रोल छर्केर आगो लगाएको खुलेपछि प्रहरीले धम्की दिनेहरुविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाउनु पर्ने राय दिएको थियो । सोही अनुसार अहिले उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!