२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बिवाह गर्न अब जन्म मिति चाहिने सल्यान प्रहरीले बाल बिवाह रोक्न नयाँ अभियान चलाउदै

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

सागर थापा (क्राईमबिट)
माघ ४ सल्यान वाल विवाह रोक्न जिल्ला प्रहरी कार्यालय सल्यानले अर्को अभियान चलाएको छ ।
जिल्लाका पुरोहितहरुलाई बालविवाह रोक्न सचेतना गराएको प्रहरीले जनप्रतिनिधिलाई समेटेर हरेक घरमा टाँस्ने स्टिकर पनि टाँसिरहेका बेला अर्को नयाँ काम पनि थालेको हो ।
नयाँ र अन्यत्र नभएको जुक्ती निकाल्दै प्रहरीले जिल्लामा संचालित छापाखानामा विहेको निमन्त्रणा कार्ड बनाउदा जन्म मिति खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
जिल्लाका छापाखाना संचालकले अवका दिनमा विवाह कार्ड छाप्दा जन्म मिति खुल्ने प्रमाण माग्नेछन र बर बधुको उमेर २० बर्ष पुगेको भएमात्रै विवाह कार्ड छाप्छन नत्र फिर्ता गरिदिन्छन । उनिहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पुगेर वाल विवाह रोक्ने अभियानमा प्रतिवद्धता जनाएका छन ।
केटाकेटीको उमेर २० बर्ष पुगेमा मात्रै विहे गर्नुपर्ने भएकाले बाल विवाह रोकथाममा यो अभियानले पनि केहि सहयोग पुग्ने अपेक्षा रहेको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन । बाल विवाह गरेमा गर्ने, गराउने, विहेभोजमा सहभागि हुनेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना भएको भन्दै छापाखानाले त्यसो नगरे परिवार तथा आफन्त संगै निम्ताकार्ड बनाउने पनि सजायको भागेदार हुनुपर्नेछ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यस्ता क्रियाकलाप गरिरहेको सल्यान प्रहरीले उमेर नपुगी विहे गर्नेको निम्तामा पुगी भोज खाएका फोटो प्रदर्शन गर्ने र तिनलाइ बधाइ दिनेलाई पनि बालविवाह गर्न प्रोत्साहन गरेको आरोपमा कार्वाही गर्ने गरी अभियान चलाउनेछ । त्यस्तै पत्रपत्रिका, रेडियो, अनलाइनमा निमान्त्रणा गर्न सहयोग गर्नेलाई पनि त्यो लागु हुने डिएसपी खतिवडाले बताए ।
उनले भने –“जिल्लाको बाल विवाह रोक्न हामीले यो अभियान चालेका हौ हामीले गरेमा समाजमा केहि गर्न सकिने भएकाले जसले जे सकिन्छ त्यो गरौ ।” उनले जिल्लामा स्थानिय सरकारसंगको सहकार्यमा जिल्ला प्रहरी, नजिकका प्रंहरी चौकी, विद्युत, एम्बुलेन्स जस्ता आवश्यक कार्यालयका फोन नं भएको स्टिकर टाँसिरहेको भन्दै केहि काम परे तत्काल सम्बन्धीत निकायमा फोन गर्न भनेका छन ।
उनले ति स्टिकरमा मान्छेलाई आत्महत्या हुनबाट रोक्न तथा बालविवाह रोक्न विभिन्न सन्देश पनि राखिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]