२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाराको मर्सहवा नाकाबाट प्रहरीको संरक्षणमा खुलेआम तस्करी शुरू अहिले तस्करको अखडा बन्दै,

Logo
श्रवण सराफ प्रकाशित मंगलबार, कार्तिक ०४, २०८२

बारा । मुर्सहवा नाकाबाट कपडाको तस्करीको लाइन चलेको छ । बारामा पछिल्लो समय सशस्त्र प्रहरीकै मिलेमतोमा अवैध रूपमा भन्सार छलेर विभिन्न सामग्रीको खुलेआम रूपमा तस्करी भइरहेको पाइएको छ । ठूलो मात्रामा कपडा र हार्डवेयरको तस्करी चलेको छ । बाराको नाका हुँदै विभिन्न वस्तु तथा मानवसम्पर्कमा व्यापक तस्करी भएको पाइएको छ। नेपाल र सशस्त्र प्रहरीको मिलोमतोमा मुर्सहवा
नाकाबाट खुलेयाम तस्करी भइरहेको हो । भारतबाट दैनिक रूपमा लाखौं रुपैयाँ मूल्यका विभिन्न उपभोग्य सामान, लत्ता कपडा, काजु–किसमिस, इलेक्ट्रोनिक्स पार्टपुर्जा, हार्डवेयरका सामग्री, खसी–बोका, माछा लगायतका सामान भन्सार नतिरीकन मटिअर्वा हुँदै तस्करी गरेको छ। तस्करहरूले दर्जनौँ मोटरसाइकल र साइकलको प्रयोग गरेर भन्सार छलिएका वस्तुहरू लोड गरी मटिअर्वा हुँदै कलैया बजारसम्म सहज रूपमा पुर्याउने गरेका छन् ।

तस्करीका सामानका सवारी साधनहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष संरक्षणमा बिना कुनै अवरोध सिमानाबाट नेपाल प्रवेश गरिरहेका छन्। प्रहरी चौकीको नजिकैबाट तस्करीका सामानले भरिएका मोटरसाइकलहरू निर्बाध रूपमा भित्रिए पनि प्रहरी प्रशासन नदेखेझैँ गर्ने गरेको छ।सिमा प्रहरी चौकी मुर्सहवा र सशस्त्र प्रहरी बेसको मिलोमतोमा तस्करी भइरहेको छ। मासिक रुपमा निश्चित रकम तस्करबाट लिँदै तस्करी खुला गराएका छन्। प्रहरीकै छातामुनि चलिरहेको यस तस्करीका कारण सिमावर्ती क्षेत्र राज्य नियमनभन्दा बाहिरिएको छ।

मटिअर्वा नाकाबाट प्रत्येक दिन १०–१५ वटा सामान लोड गरिएका मोटरसाइकलहरू भित्र्याइन्छ। स्थानीय प्रदिपले तस्करीको मुख्य लाइन पाएका छन् । विगतमा यो समूहले पिकअप गाडीको माध्यमबाट नै कपडाको तस्करी धन्दा गर्दै आएकोमा अहिले धेरै हल्ला भएको भन्दै साइकल र मोटरसाइकलको माध्यमबाट तस्करी गरिरहेका छन् । सरोज , प्रदिप र सन्तोष समेतको यो समूहले दैनिक ३० वटा साइकल र ८ वटा मोटरसाइकलका माध्यमबाट कपडाको तस्करी गरिरहेका छन् । उनीहरूले एक रूपैयाँ पनि भन्सार नतिरी पुरा तस्करी गरेर कपडा भित्र्याउने काम गरिरहेका छन् । बाराको गणको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले तस्करी नियन्त्रण गर्ने तर्फ भन्दा पनि तस्कर देखि व्यापारी सम्मलाई कलैया बजार वरपरका निश्चित होटल र रेष्टुरेन्टमा भेट्ने गरेको आरोप समेत लाग्दै आएको छ । सशस्त्र मुख्यालयले गणको जिम्मेवारी सम्हाल्न जानेबेला सबै गणपतिहरुलाई भ्रष्टाचार र तस्करीविरुद्ध शून्य सहनशीलता अपनाउन निर्देशन दिएको भएपनि गणपतिकै आडमा भएको तस्करीलाई सशस्त्र मुख्यालयले समेत चासो लिएको देखिदैन । सशस्त्र प्रहरीकै मिलोमतोमा भारतबाट अवैध रूपमा गुट्खा, धान, माछा, विभिन्न सर्टिङसुटिङको कपडा र किराना सामग्री नेपाल भित्रिँदै आएको जनाइएको छ । सीमानाकामा हुने अवैध सामान तस्करी नियन्त्रणको पहिलो जिम्मेवारी सशस्त्र प्रहरीको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।