१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

प्रधानमन्त्री कार्कीद्वारा दलहरूसँग बालुवाटारमा बैठक निर्वाचनको बारेमा दलका प्रतिनिधिहरू छलफल

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ०४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूसँग पहिलोपटक गर्न लागेको छलफल मंगलबार अपराह्न बालुवाटारमा सुरु भएको छ। बैठकका लागि दलका प्रतिनिधिहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत सहभागी छन् भने एमालेबाट महासचिव  शंकर पोखरेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली छन्।

त्यस्तै माओवादीबाट नेताहरू वर्षमान पुन र पम्फा भुसाल तथा रास्वपाबाट उपाध्यक्ष स्वर्णिम वाग्ले र नेतृ सोविता गौतम सहभागी छन्।

एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला तथा राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी हुने पनि राववले जानकारी दिए।

त्यस्तै, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र  प्रकाश अधिकारी, तराई मधेस लोकतान्त्रिक पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्। पर्यवेक्षकद्वयका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिकहरू पनि सहभागी भएको रावलले जानकारी दिए।

संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल,  कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क गरिएको थियो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो ।

निर्वाचन आयोगले गत असोज ३० गते विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्ने समेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!