०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०५, २०८२

पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता पक्राउ

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् ।

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।

चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । थेबे‍ले धुम्बराही क्षेत्रका व्यवसायीलाई धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए ।

उनी गुण्डा नाइके चक्रे मिलन समूहका रहेको बताइएको छ। गुण्डागर्दीमा सलंग्न थेबे पटके हुन् । व्यवसायीका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरिरहेका थेबेले होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता उठाउँथे ।

गुण्डागर्दी, मिटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि प्रहरीले खोजी गर्दा नेकपा (एमाले)का नेताले नपक्रिन भन्दै दबाब दिएका थिए ।

प्रहरीले यसअघि उनकै गाउँ ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे)लाई पक्राउ गरेको थियो ।

प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार यो ठगीमा सनम थेवे पनि संग्लन थिए । तर ताप्लेजुङका एमालेका नेताहरूको दबाबमा यो थप अनसन्धान रोकिएको थियो ।

उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता हुन् । विभिन्न कार्यक्रममा युवा भेला पारेर उनले लैजाने गरेका थिए ।

थेबै तिनै हुन्, जो प्रहरीले निकाल्ने अभियुक्तको सूचीमा परिरहन्छन् । प्रहरीले यसअघि सुरक्षा चुनौती दिन सक्ने १३१ गुण्डाको सूचीमा पनि उनी थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यसअघि महानगरीय अपराध महाशाखासहित काठमाडौ, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित परिपत्र गर्दा उनी पनि थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!