२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

गृहमन्त्री ओमप्रकाश अर्याल अपराधीको मतियार भएको एमाले नेता महेश बस्नेतको गम्भीर आरोप,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०५, २०८२

काठमाडौंगृहमन्त्रीलाई “अपराधी र लुटेराको मतियार” भन्दै राज्यको संरचना नै अपराधीको पक्षमा प्रयोग भइरहेको दाबी गरेका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासको आगलागीग्रस्त घर अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, “गृहमन्त्री अर्याल प्रमाण नष्ट गर्ने अभियानमा लागेका छन्। अपराधीहरूलाई जेलबाट छुटाउने, सरकारी सम्पत्तिमा भएको तोडफोड र आगजनीका प्रमाण मेटाउने काम उहाँकै निर्देशनमा भइरहेको छ।”

उनका अनुसार, सिंहदरबार परिसरमा जलाइएका मोटरसाइकल र सवारी साधनहरूलाई संसद भवनको पछाडितर्फ लगेर लुकाइएको छ। उनले थपे, “सरकारी कार्यालयहरू रातारात रंग लगाएर टालटुल पार्ने कार्य भइरहेको छ, जसको उद्देश्य प्रमाण लुकाउनु हो।”

बस्नेतले बालकोटस्थित ओली निवासमा भएको आगजनीलाई व्यक्तिगत नभई सार्वजनिक सम्पत्तिमाथिको आक्रमणको रूपमा व्याख्या गरे। उनले भने, “यो घर ओलीको व्यक्तिगत सम्पत्ति होइन, राज्यले व्यवस्था गरेको निवास हो। त्यसैले यसको क्षति राष्ट्रकै सम्पत्ति जस्तै हो।”

त्यसक्रममा उनले गृहमन्त्री अर्यालमाथि अपराधी र ठगहरूको संरक्षणमा लागेको आरोप पुनः दोहोर्याए। “गृहमन्त्री अर्याल सम्पूर्ण अपराधको मतियार बनेका छन्,” उनले भने।

गृहमन्त्रीसँगै बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन शाह र उनको टिममाथि पनि तीव्र टिप्पणी गरे। उनले दाबी गरे, “गृहमन्त्री अर्याल र मेयर बालेनको टिममा विदेशी सोच भएका, घुसपैठ गरेर नागरिकता बनाएका व्यक्तिहरूको प्रभाव छ। उनीहरू गोर्खालीहरूको नाममा राज्यभित्र विदेशी स्वार्थका लागि काम गर्दैछन्।”

बस्नेतका अनुसार, हालको गृह प्रशासन र महानगरबीच ‘घुसपैठियाहरूको गठजोड’ बनेको छ, जसले देशको प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।