२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

गृहमन्त्री ओमप्रकाश अर्याल अपराधीको मतियार भएको एमाले नेता महेश बस्नेतको गम्भीर आरोप,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०५, २०८२

काठमाडौंगृहमन्त्रीलाई “अपराधी र लुटेराको मतियार” भन्दै राज्यको संरचना नै अपराधीको पक्षमा प्रयोग भइरहेको दाबी गरेका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासको आगलागीग्रस्त घर अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले भने, “गृहमन्त्री अर्याल प्रमाण नष्ट गर्ने अभियानमा लागेका छन्। अपराधीहरूलाई जेलबाट छुटाउने, सरकारी सम्पत्तिमा भएको तोडफोड र आगजनीका प्रमाण मेटाउने काम उहाँकै निर्देशनमा भइरहेको छ।”

उनका अनुसार, सिंहदरबार परिसरमा जलाइएका मोटरसाइकल र सवारी साधनहरूलाई संसद भवनको पछाडितर्फ लगेर लुकाइएको छ। उनले थपे, “सरकारी कार्यालयहरू रातारात रंग लगाएर टालटुल पार्ने कार्य भइरहेको छ, जसको उद्देश्य प्रमाण लुकाउनु हो।”

बस्नेतले बालकोटस्थित ओली निवासमा भएको आगजनीलाई व्यक्तिगत नभई सार्वजनिक सम्पत्तिमाथिको आक्रमणको रूपमा व्याख्या गरे। उनले भने, “यो घर ओलीको व्यक्तिगत सम्पत्ति होइन, राज्यले व्यवस्था गरेको निवास हो। त्यसैले यसको क्षति राष्ट्रकै सम्पत्ति जस्तै हो।”

त्यसक्रममा उनले गृहमन्त्री अर्यालमाथि अपराधी र ठगहरूको संरक्षणमा लागेको आरोप पुनः दोहोर्याए। “गृहमन्त्री अर्याल सम्पूर्ण अपराधको मतियार बनेका छन्,” उनले भने।

गृहमन्त्रीसँगै बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन शाह र उनको टिममाथि पनि तीव्र टिप्पणी गरे। उनले दाबी गरे, “गृहमन्त्री अर्याल र मेयर बालेनको टिममा विदेशी सोच भएका, घुसपैठ गरेर नागरिकता बनाएका व्यक्तिहरूको प्रभाव छ। उनीहरू गोर्खालीहरूको नाममा राज्यभित्र विदेशी स्वार्थका लागि काम गर्दैछन्।”

बस्नेतका अनुसार, हालको गृह प्रशासन र महानगरबीच ‘घुसपैठियाहरूको गठजोड’ बनेको छ, जसले देशको प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!