०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको मृत्यु दर्जन भन्दा बढी घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०५, २०८२

युगान्डा । प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार दुर्घटना ‘ओभरटेक गर्ने क्रममा’ भएको हो । चालकहरू मध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि ‘चेन रियाक्सन’ स्वरूप अन्य चार सवारीसाधन समेत नियन्त्रण गुमाई पटक–पटक पल्टिएको उल्लेख गरिएको छ ।

‘घटनामा संलग्न सवारीसाधनका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ । प्रहरीका अनुसार धेरैजना गम्भीर घाइते भएका छन्, जसलाई किर्‍यान्डोङ्गो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ । यद्यपि, घाइतेहरूको सङ्ख्या र अवस्थाबारे विस्तृत विवरण तत्काल उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने ठूला सवारी दुर्घटनाहरूले मानवीय क्षतिको दोहोरो सङ्ख्यामा वृद्धि गरिरहेको भन्दै प्रहरी प्रवक्ताले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!