२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नयाँ तरिकाले बाइकमा ५ किलोभन्दा बढी गाँजा सहित दुई जना सर्लाही प्रहरीको नियन्त्रण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक ०६, २०८२

सर्लाही । कौडेना गाउँपालिका २ फुलपरासीस्थित हुलाकी राजमार्ग खण्डबाट प्रहरीले ५ किलोभन्दा बढी गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले मङ्गलबार बिहान करिब १० बजे सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलको सिटमुनि प्लास्टिकमा बेरेर राखेको अवस्थामा ५ किलो ३०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गाँजा सहित पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक कौडेना गाउँपालिका–१, सुन्दरपुरका १८ वर्षीय दिप नारायण ठाकुर र पछाडि सवार सोही ठाउँका ३० वर्षीय लोजा बैठा रहेका छन्।

पक्राउ परेका दुवै व्यक्तिलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]