१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

दाङको लमहीमा बसको ठक्करबाट ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक ०६, २०८२

दाङ । जिल्लाको देउखुरीको लमहीमा बसको ठक्करबाट राप्ती गाउँपालिका ५ सिंगे निवासी अन्दाजी ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्युु भएको प्रहरीले जानकारी दिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले लमही बजार प्रतिष्ठा पेट्रोल पम्प ( पुरानो बसपार्क ) नजिकै आज दिउँसो करिब १ बजेको समयमा ठक्कर दिएपछि घाइते भएका उनलाई लमही अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!