२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

बिरगंज भेटेरिनरी अस्पतालमा कार्यरत सरकारी कर्मचारीले सरकारी बाइकको दुरुपयोग गर्दै लागू पदार्थ सेवन

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक ०६, २०८२

पर्सा । वीरगञ्जस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत एक सरकारी कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गर्दै लागू पदार्थ सेवन गरेको भिडियो सार्वजनिक भएपछि देशभर चर्को आलोचना सुरु भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, वीरगञ्जका का.स. राकेश कुमार साह सरकारी नम्बर प्लेटको गाडीको छेउमा वा भित्र लागू पदार्थ सेवन गरिरहेको स्पष्ट रूपमा देखिएको छ। उक्त दृश्यले सरकारी सम्पत्तिको खुला दुरुपयोग मात्र नभई कानुन र आचारसंहिताको ठाडो उल्लङ्घन भएको भन्दै नागरिक समाजले कडा आपत्ति जनाएका छन्।

नेपाल सरकारले पटक–पटक सरकारी सवारी साधनको व्यक्तिगत प्रयोग निषेध गर्ने निर्देशन जारी गर्दै आएको छ। तर सरकारी कर्मचारीले नै सो निर्देशनको अवहेलना गर्दै लागू पदार्थ सेवनजस्तो गैरकानूनी कार्यमा संलग्न हुनुले सरकारी संयन्त्रको विश्वसनीयता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको हो।

नेपालको लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार लागू पदार्थ सेवन गर्नेलाई कानुनी कारबाही हुने व्यवस्था छ। त्यस्तै, सरकारी गाडीको गैरकानूनी प्रयोग र निजामती आचारसंहिताको उल्लङ्घन गरेको अभियोगमा विभागीय कारबाही समेत हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!