कपिलवस्तु । नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् ।
कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।”
उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब्धि भएको बताउनु भयो ।
एआईजी चतुर्वेदीलाई कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गर्नुभएक थियो ।
कार्यक्रममा अतिथिका रूपमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेस नेता ब्रम्हनन्द उपाध्याय, अकिल मिया, मुक्तेश्वर मिश्रा, विनय गिरी, नेकपा माओवादी केन्द्रका नेता जावेद आलम खाँ हुनुन्थ्यो ।
समाजसेवी कुनाल प्रताप शाहले एआइजी चतुर्वेदीलाई २० किलोको मालाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाको दलित समुदायबाट एमबिबिएस गरेकि डक्टर स्मृति हरिजनलाई समेत सम्मान गरिएको उद्योग वाणिज्य संघ कृष्णनगरले जनाएको छ ।
कार्यक्रमको स्वागत मनतब्य हरि ओम तुलस्यानले गर्नुभयो ।
भने स्वागत मन्तव्य कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले दिनुभयो ।