२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कपिलवस्तुमा एआईजी चतुर्वेदीको भब्य स्वागत नागरिकको सुरक्षा नै प्रहरीको पहिलो भुमिका हो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ०७, २०८२

कपिलवस्तु । नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो ।

अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।”

उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब्धि भएको बताउनु भयो ।

एआईजी चतुर्वेदीलाई कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गर्नुभएक थियो ।

कार्यक्रममा अतिथिका रूपमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेस नेता ब्रम्हनन्द उपाध्याय, अकिल मिया, मुक्तेश्वर मिश्रा, विनय गिरी, नेकपा माओवादी केन्द्रका नेता जावेद आलम खाँ हुनुन्थ्यो ।
समाजसेवी कुनाल प्रताप शाहले एआइजी चतुर्वेदीलाई २० किलोको मालाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाको दलित समुदायबाट एमबिबिएस गरेकि डक्टर स्मृति हरिजनलाई समेत सम्मान गरिएको उद्योग वाणिज्य संघ कृष्णनगरले जनाएको छ ।

कार्यक्रमको स्वागत मनतब्य हरि ओम तुलस्यानले गर्नुभयो ।
भने स्वागत मन्तव्य कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]