२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

जलाइएको संसद भवन अगाडि उभिएर जीतको खुशीयालीमा बनाइएको भिडियो निश्चल बस्नेत विवादमा तानिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ०७, २०८२

काठमाडौं । जलाइएको संसद भवन अघिल्तिर उभिएर खुशी मनाइएको एउटा फोटो र जीतको खुशीयालीमा बनाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभिनेता निश्चल बस्नेत विवादमा तानिएका छन् । राष्ट्रका गहना मानिने कलाकार नै विध्वंशमा सहभागी भएको, सर्वसाधारणलाई उक्साएको भन्दै सामाजिक सञ्जालमा उनका फिल्महरु बहिष्कार गर्नुपर्ने आवाज व्यापक बनाइएको छ ।

अर्कोतर्फ उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्का आफ्नो संस्था हामी नेपालको सदस्य रहेको सुधन गुरूङको दाबीपछि उनीपनि विरोधको घानमा मुछिएकी हुन् । सुधनको विज्ञप्ति र निश्चलको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बस्नेत र खड्काका फिल्म बहिष्कार गर्नुपर्ने माग उठेको छ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #BoycottNischalBasnet र #BoycottSwastimaKhadka जस्ता ह्यासट्याग ट्रेन्ड गराएका छन्।

तर अभिनेता बस्नेतले भने आफू उक्त घटनासँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत् केही व्यक्तिले झूटो प्रचार गरी आफ्नो प्रतिष्ठामा हानी पुर्याउने प्रयास गरेको दाबी गरेका छन् ।

प्रहरीले भने भिडियो र त्यससँग सम्बन्धित दाबीहरूको प्रारम्भिक अध्ययन भइरहेको जनाएको छ। बस्नेत हिजो बेलुकी प्रधानमन्त्री निवास, बालुवाटार पुगेको कलाकारहरुको टोलीमा पनि थिए । यसअघि उनी काठमाडौंका मेयर बालेन साहसँगै नयाँ राजनीतिक दल गठनमा सक्रिय रहेको खबर बाहिरिएको थियो ।

बालेनमाथि भदौ २३ र २४ गतेको घटनालाई विदेशीहरुको योजनाअनुसार उत्तेजित बनाएको, विध्वंशकारीलाई आगो लगाउन सहयोग पुर्याउँदै महानगरको गाडीमा मिनरल वाटर बाँडेको, सिंहदरबारलगायत राज्यका संवैधानिक निकायका भवन जलाउँदा दमकल प्रयोग नगराएको गम्भीर आरोप लागेको छ ।
जन आस्था

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]