२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

जलाइएको संसद भवन अगाडि उभिएर जीतको खुशीयालीमा बनाइएको भिडियो निश्चल बस्नेत विवादमा तानिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ०७, २०८२

काठमाडौं । जलाइएको संसद भवन अघिल्तिर उभिएर खुशी मनाइएको एउटा फोटो र जीतको खुशीयालीमा बनाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभिनेता निश्चल बस्नेत विवादमा तानिएका छन् । राष्ट्रका गहना मानिने कलाकार नै विध्वंशमा सहभागी भएको, सर्वसाधारणलाई उक्साएको भन्दै सामाजिक सञ्जालमा उनका फिल्महरु बहिष्कार गर्नुपर्ने आवाज व्यापक बनाइएको छ ।

अर्कोतर्फ उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्का आफ्नो संस्था हामी नेपालको सदस्य रहेको सुधन गुरूङको दाबीपछि उनीपनि विरोधको घानमा मुछिएकी हुन् । सुधनको विज्ञप्ति र निश्चलको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बस्नेत र खड्काका फिल्म बहिष्कार गर्नुपर्ने माग उठेको छ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #BoycottNischalBasnet र #BoycottSwastimaKhadka जस्ता ह्यासट्याग ट्रेन्ड गराएका छन्।

तर अभिनेता बस्नेतले भने आफू उक्त घटनासँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत् केही व्यक्तिले झूटो प्रचार गरी आफ्नो प्रतिष्ठामा हानी पुर्याउने प्रयास गरेको दाबी गरेका छन् ।

प्रहरीले भने भिडियो र त्यससँग सम्बन्धित दाबीहरूको प्रारम्भिक अध्ययन भइरहेको जनाएको छ। बस्नेत हिजो बेलुकी प्रधानमन्त्री निवास, बालुवाटार पुगेको कलाकारहरुको टोलीमा पनि थिए । यसअघि उनी काठमाडौंका मेयर बालेन साहसँगै नयाँ राजनीतिक दल गठनमा सक्रिय रहेको खबर बाहिरिएको थियो ।

बालेनमाथि भदौ २३ र २४ गतेको घटनालाई विदेशीहरुको योजनाअनुसार उत्तेजित बनाएको, विध्वंशकारीलाई आगो लगाउन सहयोग पुर्याउँदै महानगरको गाडीमा मिनरल वाटर बाँडेको, सिंहदरबारलगायत राज्यका संवैधानिक निकायका भवन जलाउँदा दमकल प्रयोग नगराएको गम्भीर आरोप लागेको छ ।
जन आस्था

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!