२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेकपा एमाले महासचिव पोखरेलको स्ट्याटसमा गृहमन्त्री अर्यालको कमेन्ट तथ्यहीन कुरा नगर्नुस्

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक ०७, २०८२

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा चर्काचर्की परेको छ ।

महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई सचेत गराएका छन् ।

महासचिव पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा ‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो’ भन्दै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका थिए । उनले थप लेखेका थिए, ’विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’ पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढङ्गले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने बताउँदै नेकपा (एमाले)को पूर्ण सहयोग रहने बताएका थिए ।
पोखरेलको यस आरोपको जवाफमा गृहमन्त्री अर्यालले पोखरेलको सोही फेसबुक पोस्टमा प्रतिक्रिया दिँदै कडा शब्दमा खण्डन गरेका छन् । उनले लेखेका छन्, ‘प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा तपाई यसरी तथ्यहीन कुरा नगर्नुस् है । मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु, तपाईंलाई पनि भनिसकेको छु । अनि फेरि उही झुट किन दोहोर्‍याउनु हुन्छ ?’

गृहमन्त्री अर्यालले एमाले महासचिव जस्तो जिम्मेवार व्यक्तिले ’सत्यतथ्य बुझिबुझी फेरि पनि यति धेरै हावादारी नबन्न’ आग्रह गरेका छन्। उनले ’समाजमा हावादारी/गफाडी भँडुवाहरूको कमी छैन’ भन्दै पोखरेललाई त्यसमा नथपिन अनुरोध घुमाउरो पारामा चेतावनी दिए । गृहमन्त्री अर्यालले स्थिति सामान्यीकरण गर्न मद्दत गर्न आग्रह गर्दै सरकार मार्फत शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा, सुशासन, भ्रष्टाचार निवारण, कानुनी राज्य र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!