२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पुल नहुँदा बाँकेको केही स्थानमा वर्षौदेखि ज्यान जोखिममा हालेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक ०७, २०८२

बाँके । राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी पार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगञ्ज पुग्न छिटो हुने भएकाले पनि तीन पालिकाका स्थानीयले डुङ्गाको प्रयोग गर्ने गरेका हुन् ।

राप्तीसोनारी ७ का ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि वर्षौदेखि माग गर्दै आएकोमा आश्वासन बाहेक हालसम्म केही पनि नपाएको दुःखेसो गरे । उनले वर्षाको बेला बाढीका कारण पटक–पटक डुङ्गा दुर्घटना भई धेरै स्थानीयले ज्यान गुमाए पनि हालसम्म सरकारको ध्यान नगएकोमा चिन्ता प्रकट गरे ।

पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरैजनाको ज्यान जाने गरी डुङ्गा दुर्घटना भएको थियो । करिब एक सयजना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरैजनाको निधन तथा बेपत्ता भएको उनले स्मरण गरे ।

राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा तत्कालै पुल निर्माणको प्रक्रिया अगाडि बढाउन स्थानीय बासिन्दाले सरकारलाई फेरि गुहारेका छन् ।

नरैनापुर ५ का सन्जय दिक्षितले विगतमा नेता र मन्त्रीहरुले आश्वासन मात्रै दिए तर अहिले देशमा भएको परिवर्तनका कारण स्थानीयमा पुल बन्ने आशा पलाएकाले फेरि मागलाई उठाइएको बताए ।

उनले भने, “पारि खेतबारी, वारि घर, बिचमा विशाल राप्ती नदी छ । वर्षामा उर्लेर आउने राप्ती पार गर्न सानो डुङ्गा बाहेक कुनै विकल्प छैन, त्यसैले ज्यान जोखिममा हालेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छौं ।”

राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका धेरै बासिन्दाको खेत नदी पारी रहेको छ । खेत नदी पारी भएकाले पनि नदी पार गर्नै पर्ने बाध्यता रहेको खल्ला झगडियाका अरुण यादवले बताए । उनले तटीय बस्तीका बासिन्दाको सुरक्षित यात्राप्रति सरकारले चासो नदिएको गुनासो गर्दै यस क्षेत्रका जनताले कहिलेसम्म यो दुःख पाइरहने हुन् केही भन्न नसकिने बताए ।

नदीमा पिप्रहवा, सतीघाट, बालपूर्वासहित तीन वटा घाट छन् । जहाँ वारपार गर्न सानो डुङ्गा राखिएका छन् । १० वर्षदेखि डुङ्गा चलाउँदै आएका माझी गुड्डु मल्लाहले नदी तर्दातर्दै तीव्र गतिमा उर्लेर आउने बाढीले डुङ्गा बगाउँदा धेरै पटक जीवन जोखिममा परेको स्मरण गरे । उनले नदी वारपारको यो यात्रा अत्यधिक जोखिमपूर्ण रहेकोले छिटोभन्दा छिटो पुल निर्माण अपरिहार्य भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]