काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो ।
नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन् । स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि सपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।
मन्त्री बन्न थालेका मध्ये डा. शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । सुनार दलित अधिकारकर्मी हुन् । गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । उनले कोभिडकालमा निस्शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए ।