२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बाराको झिट्कैया नाकाबाट खुलेआम तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरी मौन किन ??

Logo
श्रवण सराफ प्रकाशित आइतबार, कार्तिक ०९, २०८२

बारा । कलैया जेनजी आन्दोलनका कारण आएको वर्तमान सरकार ले दैनिक प्रशासन पनि राम्रोसँग चलाउन सकिरहेको छैन भन्ने आराेप जेनजीहरू नै लगाउने गर्छन् । काम चलाउ सरकार भएको माैका छाेपी अहिले तराईका भारतसंग सीमा जाेडिएका जिल्लाबाट तस्करी धन्दा व्यापक मात्रामा माैलाई रहेको छ ।

केही दिन देखि बाराकाे झिट्कैया नाकाबाट व्यापक तस्करी भैरहेको छ । जाेगन , सहिम , बुलेट नाम गरेका काराेवारीहरूले झिट्कैयाकाे झाेलुङेपुल र कटहरियाकाे पिपलकाे बाेट हुदै तस्करी धन्दा गरिरहेका छन् । यी तस्करहरूले कपडा , जुत्ता , चप्पल , कस्मेटिक सामानकाे ठूलो काराेवार गरिरहेका छन् । शनिबार पनि सांझ ६ बजेपछि मात्रै काम भएन कि दिउँसो पनि काम चलिरहेको थियो । तस्करी भैरहेको सम्वन्धमा सशस्त्र प्रहरी बलको झिट्कैया स्थित बेशका सई सबिन खड्कालाई बारम्बार जानकारी दिए पनि उनले तस्करीको सामान वरामद गरेनन् ।

 

यो क्षेत्र मर्टिर्अवा स्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म मातहत पर्दछ । उक्त गुल्ममा डिएसपी चक्र बहादुर साउद प्रमुखको रूपमा कार्यरत छन् । उनलाई समेत स्थानीयले जानकारी गराएको झिट्कैयाका स्थानीय बासिन्दा सन्तोष साह बताउँछन् । तर पनि तस्करीको सामान पक्राउ परेन । उल्टो तस्करी सामानको लैजादै गरेका तस्करकाे स्कटिङ गरे झै सशस्त्र प्रहरी बाइकमा देखिन्छन् । जुन तस्बिरमा देख्न सक्नु हुन्छ । यी काराेवारीहरूले सेटिङ मिलाएर तस्करी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!