२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाराको झिट्कैया नाकाबाट खुलेआम तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरी मौन किन ??

Logo
श्रवण सराफ प्रकाशित आइतबार, कार्तिक ०९, २०८२

बारा । कलैया जेनजी आन्दोलनका कारण आएको वर्तमान सरकार ले दैनिक प्रशासन पनि राम्रोसँग चलाउन सकिरहेको छैन भन्ने आराेप जेनजीहरू नै लगाउने गर्छन् । काम चलाउ सरकार भएको माैका छाेपी अहिले तराईका भारतसंग सीमा जाेडिएका जिल्लाबाट तस्करी धन्दा व्यापक मात्रामा माैलाई रहेको छ ।

केही दिन देखि बाराकाे झिट्कैया नाकाबाट व्यापक तस्करी भैरहेको छ । जाेगन , सहिम , बुलेट नाम गरेका काराेवारीहरूले झिट्कैयाकाे झाेलुङेपुल र कटहरियाकाे पिपलकाे बाेट हुदै तस्करी धन्दा गरिरहेका छन् । यी तस्करहरूले कपडा , जुत्ता , चप्पल , कस्मेटिक सामानकाे ठूलो काराेवार गरिरहेका छन् । शनिबार पनि सांझ ६ बजेपछि मात्रै काम भएन कि दिउँसो पनि काम चलिरहेको थियो । तस्करी भैरहेको सम्वन्धमा सशस्त्र प्रहरी बलको झिट्कैया स्थित बेशका सई सबिन खड्कालाई बारम्बार जानकारी दिए पनि उनले तस्करीको सामान वरामद गरेनन् ।

 

यो क्षेत्र मर्टिर्अवा स्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म मातहत पर्दछ । उक्त गुल्ममा डिएसपी चक्र बहादुर साउद प्रमुखको रूपमा कार्यरत छन् । उनलाई समेत स्थानीयले जानकारी गराएको झिट्कैयाका स्थानीय बासिन्दा सन्तोष साह बताउँछन् । तर पनि तस्करीको सामान पक्राउ परेन । उल्टो तस्करी सामानको लैजादै गरेका तस्करकाे स्कटिङ गरे झै सशस्त्र प्रहरी बाइकमा देखिन्छन् । जुन तस्बिरमा देख्न सक्नु हुन्छ । यी काराेवारीहरूले सेटिङ मिलाएर तस्करी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।