काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको नाममा अझै छलफल जारी राखेकी छन् । कार्की नेतृत्वको सरकारको मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल तीव्र पारेकी हुन् ।

अहिले सुनारको विषयमा प्रधानमन्त्री र केही मन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । सुनारविरुद्ध विभिन्न अभियोगको मुद्दा दर्ता भएको र प्रहरीको फरार सूचीमा पनि रहेको पाइएपछि अहिले उनको आलोचना भइरहेको छ।
कार्कीले सुनारलाई श्रम रोजगारमन्त्रीमा सिफारिस गरेकी थिइन् । त्यस्तै डा सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपति लाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।