०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

पुर्व फुटबल खेलाडी अमनप्रताप अधिकारीलाई ‘देशद्रोही’ भन्दै सामाजिक सञ्जालहरुमा चर्को आलोचना

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०९, २०८२

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागीका बेला संसद भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभ गर्दै अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि अमनप्रताप अधिकारी विवादमा तानिएका छन्।

पूर्व फुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अधिकारी जेजनी आन्दोलनका बेला देखाएको सहभागिता र उनले बोलेका शब्दका कारण विवादमा तानिएका हुन्।
जेनजी आन्दोलन बेलाको उनी आफैंले आफ्नो फेसबुकमा राखेको भिडिओ अहिले एकाएक चर्चामा आएपछि उनी विवादमा परेका हुन, जहाँ उनको प्रस्तुती र शब्द चयनका कारण आलोचना भएको देखिन्छ।

संसद् भवन जलिरहेको पृष्ठभूमि रहेको भिडिओमा अधिकारीले नेताहरुलाई अपाच्य शब्द प्रयोग गर्दै गाली गरेका छन्। त्यति मात्रै होइन, उनले ‘सकियो हेर त्यहाँ तेरो देश, सकियो तेरो राज्य…’ भन्दै आक्रोश पोखेका छन्।
भिडियोको क्याप्सनमा उनले लेखेका छन्–‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन।’प्रख्यात गीतकार तथा कवि दिवंगत क्षेत्रप्रताप अधिकारीका छोरा समेत रहेका उनीबाट त्यस्तो व्यवहार भएको भन्दै धेरैले उनीसँग चित्त दुखाएको देखिन्छ।

धेरैले उनलाई ‘देशद्रोही’ भन्दै सामाजिक सञ्जालमा तिखो आलोचना समेत गरेका छन्।
अमनप्रताप अधिकारी नेपालका पूर्व ए डिभिजन फुटबल खेलाडी हुन्। खेल जीवनपछि उनी कमेन्टेटर र टेलिभिजन प्रस्तोता बने। पछिल्ला वर्षमा उनले ‘हिमालयन रोडिज’ लगायतका रियालिटी शो सञ्चालन गरेका थिए।पूरानो भिडिओ एकाएक चर्चामा आएर आफ्नो आलोचना हुँदासम्म पनि उननले यसप्रति अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। उनी ‘द पोयट आइडल’का उनी परिकल्पनाकार र निर्देशक पनि हुन्।
जेनजी आन्दोलनका नाममा चलिरहेको विरोध प्रदर्शनलाई समर्थन गर्दै अधिकारीले यसअघि पनि सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै आएका थिए। तर, संसद भवनमा आगजनीका बेला गरिएको उनको भिडियो र भाषाशैलीले सार्वजनिक छवि र सांस्कृतिक भूमिकासँग असंगत प्रतिक्रिया सिर्जना गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!