२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अहिले मुलुकको अवस्था २०३३ सालको भन्दा बढी जोखिमपूर्ण छ पुर्वमन्त्री बलदेव शर्मा मजगैयाँ

Logo
Abc Sanchar प्रकाशित आइतबार, कार्तिक ०९, २०८२

 

दाङ । वरिष्ठ राजनीतिज्ञ बलदेव शर्मा मजगैयाँले अहिले मुलुकको अवस्था २०३३ सालको भन्दा पनि बढी जोखिमपूर्ण रहेको बताएका छन्।

डा. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ नामक पुस्तकको घोराहीमा विमोचन गर्दै पूर्व मन्त्री तथा साहित्यकार मजगैयाँले देशको अस्तित्व माथि नै सङ्कट आउँदा बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सम्झना गरे। उनले भने, “अहिलेको अवस्था त्यो भन्दा झन् जटिल र खतरनाक छ, तर हाम्रो नेतृत्वसँग देश कसरी सम्हाल्ने चेतना छैन।”

सन् १९७५ मा एउटा जनमत सङ्ग्रह पछि सिक्किम भारतमा विलय गरिएको घोषणा गरिए पछि तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा भारतमै बसेर आन्दोलन गरिरहेका कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए। त्यसबेला मजगैयाँ पनि बिपीसँगै भारतमै थिए।

उनले हालैको जेनजी आन्दोलन को स्मरण गर्दै भने, “यो आन्दोलनको उद्देश्य र घटनाक्रम, विशेष गरी हिंसात्मक गतिविधि हुँदा मलाई ४२ सालको सत्याग्रह सम्झना आयो — नेपाली काँग्रेसले सत्याग्रह सुरु गर्दा पनि यस्तै चुनौतीहरू आएका थिए।”

“कुनै पनि आन्दोलनमा घुसपैठ हुन सक्छ। ठूलो विद्रोह भएमा त त्यो सम्भावना अझ बढ्छ। तर नेपाली काँग्रेसले निर्णय गर्‍यो — सत्याग्रहका क्रममा जहाँसुकैबाट पनि हिंसा भए सत्याग्रह स्वतः स्थगित हुनेछ भनेर । तर सत्याग्रहमा सहभागी नभएका, भूमिगत रहेका राम राजा प्रसाद सिंहले बम काण्ड गरे। हामीलाई समेत फसाउन खोजियो र ‘काँग्रेसले नै गरेको भनेर आरोप लगाइयो। तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले सो हिंसात्मक घटनामा नेपाली काँग्रेसको हात नरहेको स्पष्ट गरेपछि हामी बच्यौँ।”

मजगैयाँले गत भदौ २३, २४ गतेको घटनाक्रममा कसैले नैतिक जिम्मेवारी नलिएकोमा चिन्ता व्यक्त गरे। “अहिले मुलुकमा नैतिकताको खडेरी छ। पहिले ‘न्याय हराए गोर्खा जानु’ भन्ने उखान थियो, तर नैतिकता हराए कहाँ जाने भन्ने उखान छैन।”

उनले उदाहरण दिँदै भने, “२०३० सालमा सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए। २०४४ सालमा दशरथ रङ्गशालाको दुर्घटनापछि तत्कालीन शिक्षा मन्त्री केशरबहादुर विष्टले राजीनामा दिए। तर अहिले देशभरि यस्ता विध्वंसक घटना भए पनि कोही जिम्मेवारी लिन तयार देखिँदैन।”

उनले अहिले सबैजसो राजनीतिक दलहरू आन्तरिक सङ्घर्षमा फसेको र पार्टी फुट्न सक्ने सम्भावना पनि रहेको बताए ।

मजगैयाँले चेतावनी दिँदै भने, “नेताहरूले जिम्मेवारी नलिएका खण्डमा र राष्ट्रिय एकताको लागि पहल नगरेमा भोलि फेरि अर्को द्वन्द्व वा विद्रोह हुनसक्छ। धेरै सम्भावना छ, र त्यसपछि देश जोगाउन सकिँदैन।”

उनले सबै पार्टीका नेताहरू, राष्ट्रभक्त तथा आन्दोलनकारी जेनजीहरूलाई पनि आत्म समीक्षा गरेर राष्ट्रिय एकताको लागि गम्भीर बन्न आग्रह गरे। “देश जोगाउन राष्ट्रिय एकता बाहेक कुनै विकल्प छैन,” उनले भने।

तुलसीपुर नगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डे, सर्वोदय पुस्तकालय दाङका अध्यक्ष सुशील गौतम, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार दुर्गालाल केसी लगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए।

गोरक्ष दैनिककी प्रकाशक सुलोचना गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा बिपी कोइरालाको अदालतमा बयानमा आधारित वृत्तचित्र ‘बीपी बिगुल’ को सार्वजनिक प्रदर्शन पनि गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]