२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिडियोहरसँग के भयो छलफल ? आन्दोलन रोक्न प्रशासनले गरेको आग्रह दुर्गा प्रसाईंद्वारा अस्वीकार,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १०, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले आज छलफल गरेका छन्।
प्रमुख जिल्ला अधिकारीहरूले प्रसाईंसहित प्रहरी प्रमुखलगायतसँग संयुक्त रूपमा छलफल गरेका हुन्।

प्रसाईंले छटलगत्तै आन्दोलन गर्ने बताइरहेको सन्दर्भमा छलफल भएको बताइएको छ । छलफल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको हो।
प्रसाईंले विगतमा नै विभिन्न सामाजिक सञ्जालहरूमा छठलगत्तै ठूलो आन्दोलन गर्ने भन्दै अन्तर्वार्ता दिंदै आएका छन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आन्दोलन गर्ने विषयमा प्रसाईंले सामाजिक सञ्जालहरू र अन्तर्वार्ताका विषयमा छलफल भएको बताएका छन् । उनले प्रसाईंले गर्न लागेको आन्दोलनको स्वरूप कस्तो हुने र माग के हो भन्ने विषयमा पनि कुराकानी गरिएको बताए ।

प्रसाईंले मागहरू उल्लेखित पत्र प्रहरी, प्रशासनलाई उपलब्ध गराएका छन्। सीडीओहरु र सुरक्षा निकायका पदाधिकारीहरुले भने अहिले आन्दोलन गर्ने अवस्था नभएको भन्दै रोक्न आग्रह गरेका थिए । तर, प्रसाईंले नमानेपछि शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आग्रह गरेको स्रोत बताउँछ ।
छलफलअघि प्रसाईंले आजै प्रधान सम्पादकहरूसँगको अन्तर्क्रियामा आफू सुध्रेर जाने र देशको लागि लड्ने प्रतिवद्धता दोहोर्याएका थिए ।त्यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले वार्तामा बोलाएको भए स्वागत गर्ने उल्लेख गरेका थिए।
उनले फेसबुकमा लेखेका थिए–‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौं। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ । वार्ता गर्न बोलाउँदैमा मात्रै होइन — राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]